arrow

स्थानीय तहमा प्रदेश–५ का मुख्यमन्त्री पोख्रेलको भिडियो कन्फ्रेन्स, कोरोना रोकथाम तथा नियन्त्रण वारे संवाद

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
pokhrel8.jpg

रुपन्देही । महामारी रुपमा फैलिएको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणमा भइरहेका प्रयासका बारे शुक्रबार प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले रुकुम पूर्वका स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारी सँग एकीकृत भिडियो संवाद गरी त्यहाँको जानकारी लिएका छन्। 

मुख्यमन्त्री पोख्रेल र पुर्व रुकुमका स्थानीय तहका प्रमुख तथा प्रमुख जिल्ला अधिकारी बीच कोरोना रोकथाम र नियन्त्रणका लागि पछिल्लो चरणमा के–कस्ता काम भैरहेका छन् र आगामी योजनाका बारेमा छलफल भएको वताईएको छ । यस्तै छलफलमा मुख्यमन्त्री पोख्रेलले मापदण्ड अनुसारका क्वारेन्टाइन निमार्ण गर्न, क्वारेनटाइनमा बसेकाहरुलाई गुणस्तरीय खानपिनको व्यवस्थापन गर्न र स्थानीयस्तर बाट प्राप्त सूचना प्रदेश र संघीय सरकारलाई उपलब्ध गराउन निर्देशन दिएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ । 

साथै मुख्यमन्त्री पोख्रेलले राहत कोष निर्माण गर्न, दैनिक ज्यालादारी मजदुर एंव विपन्न समुदायहरुको तथ्याङ्क संकलन गर्न र राहत एकद्धार बाट वितरण गर्न समेत ध्यानाकर्षण गराएको वुझिएको छ । भिडियो कन्फ्रेन्समा कुराकानी गर्दै स्थानीय तहका प्रमुख र प्रमुख जिल्ला अधिकारीले अहिले सम्म गरेका काम कारवाही बारे मुख्यमन्त्री पाख्रेललाई जानकारी गराएका थिए । 

ऋहिले त्यहाँ उनीले भारत लगाएत विभिन्न देशहरु वाट आएका नागरिकहरुको तथ्याङ्क संकलन, क्वारेन्टाइन निर्माण र दैनिक ज्यालादारी गरी खाने नागरिकहरुको तथ्याङक संकलन गरी राहत वितरण गर्न थालिएको जानकारी समेत गराएका थिए ।

त्यस्तै मुख्यमन्त्री पोखरेलले महामारी रोकथामका लागि स्थानीय तहको सक्रियता प्रशंसनीय रहेको बताउँदै लकडाउनका कारण त्यहँँको स्थानीय स्तरमा खाद्यवस्तुको अवस्था वारे जानकारी लिएका थिए। संवादमा पुथाउत्तरगंगा गाउँपालिका अध्यक्ष ओम प्रसाद घर्तीले गाउँपालिका खाद्यान्नमा आत्मनिर्भर रहेको बताएका थिए भने भुमे गाउँपालिका अध्यक्ष रामसुर बुढामगर र सिस्ने गाउँपालिका अध्यक्ष कुमारी बरालले तत्काल समस्या नरहे पनि केही समयपछि समस्या आउन सक्ने बारे मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको जनाईएको छ । 

यसैविच त्यस्तो अवस्था आएमा मुख्यमन्त्री पोख्रेलले दाङ र बाँके बाट खाद्यान्नको आपूर्तिको लागि आवश्यक व्यवस्था मिलाईने आस्वासन दिएका थिए । प्रदेश सरकारले बुटवल, भैरहवा, बाँकेको खजुरा र दाङको बेलझुण्डीमा कोरोना आइसोलेसन अस्पताल निर्माण गरी उपचारको व्यवस्था गरेकोले कोरोनाको कोही शंकास्पद बिरामी फेला पर्ने बित्तिकै उक्त अस्पताल पठाउन र त्यसका लागि प्रत्येक पालिकामा एउटा एम्बुलेन्स तयारी अवस्थामा राख्न समेत आग्रह गरेका थिए। 

प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद अर्यालले स्वास्थ्य सामग्रीको व्यवस्थापन अझै बढाउनु पर्ने र बाग्लुङ बाट भूमे गाउँमा पूर्ण रुपमा आवतजावत रोक्न आवश्यक रहेकोले गृहमन्त्रालयलाई जानकारी गराएको बताउँदै, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य बाट प्रभावकारी बनाई कोरोना विरुद्धको लडाई जित्न सहकार्यको  खाँचो रहेको वताएको मुख्यमन्त्रीका प्रेस सल्लाकार शेर बहादुर केसीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ