arrow

स्थानीय निकायद्वारा कोरोनाको अवधिभर भारतीय तरकारी प्रयोगमा रोक

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
tilotamma.jpg

रुपन्देही । रुपन्देहीको एक स्थानीय निकायद्वारा भारतीय तरकारी जन्य वस्तुहरु नगरभित्र प्रयोगमा रोक लगाएको छ । तिलोत्तमा नगरपालिकाले भारत बाट आयातित तरकारी तथा फलफूल प्रयोग नगर्न नगरवासीहरुलाई आग्रह गरेको हो । कोभिड–(१९) को सम्भावित जोखिमलाई मध्यनजर गर्दै भारतबाट आयात हुने तरकारी तथा फलफूललाई प्रयोग नगर्न तिलोत्तमा नगरपालिकाले नगरवासीहरुलाई आग्रह गरेको छ ।

लकडाउनको अवधिमा पनि बुटवल र भैरहवाका थोक तरकारी बजारमा अधिकांश तरकारी र फलफूलहरु भारतका विभिन्न प्रदेश बाट आयात हुने गरेको पाईएको छ । यस्तै भारतबाट आयात हुने तरकारी र फलफूलबाट कोरोना संक्रमण फैलिन नसक्ने भन्दै, तिलोत्तमा नगरपालिकाले भारत बाट आयातित तरकारी तथा फलफूलहरुको खरिद, बिक्री–वितरण तथा उपभोग नगर्न सार्वजनिक सूचना जारी गरी आम नगरवासीहरुलाई अपिल गरेको तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले बताएका छन् ।

भारत बाट तरकारी र फलफूलका ट्रक भारतीय चालक र सहचालकले नै ल्याउने र त्यहाँका तरकारी थोक बजारका व्यवसायी र कामदार समेत कैयौं भारतीय नागरिक नै भएकाले कोरोनाको जोखिम हुने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको वताईएको छ । साथै उत्तः नगरपालिकाले महामारीको विषम परिस्थितिमा स्वदेशमै उत्पादित तरकारी र फलफूल लगायतका कृषिउपज प्रयोग गर्न नगरवासीहरुलाई अनुरोध गरेको छ । स्वदेशमै उत्पादित कृषिउपज खरिद बिक्रि गर्दा भिडभाड नगर्न र सामाजिक दुरी कायम राख्न समेत नगरपालिकाले आग्रह गरेको छ ।

तिलोत्तमाले लकडाउनको अवधिको लागि अत्यावश्यक खाद्यान्न तथा तरकारी खरिद तथा बिक्रीको लागि बिहान ११ देखि २ बजेको समय तोकिएको छ । यस्तै, दुधको खरिद तथा बिक्रीको लागि बिहान ६ देखि ८ तथा साँझ ३ देखि ५ बजेको समय निर्धारण गरिएको छ । नगरवासीहरुले स्थानीय स्तरमा आफूले सकेसम्म कृषिउपज उत्पादन कार्यमा जुट्न हुन समेत सम्पूर्ण नगरवासीहरुमा अनुरोध गरिएको सुचनामा उल्लेख छ ।

यसैविच तिलोत्तमा नगरपालिकाले कतिपय स्थानीय तहका किसानहरुले मुलुक अप्ठेरो अवस्थामा रहेका बेला दुध पोखेर गलत काम गरेको भन्दै नगरभित्रका पशुपालक किसानहरुलाई उत्पादित दुध त्यसरी नपोख्न र खपतमा समस्या भए नगरपालिकालाई जानकारी गराउन आग्रह गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ