arrow

कोरोना भाइरस निको पार्न डाक्टरको सल्लाहसँगै उपयोगी हुन्छ नामजप

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७६ चैत २१ शुक्रबार
turiya.jpg

काठमाडौं। स्पिरिच्युअल साइन्स रिसर्च फाउण्डेशन (एसएसआर)ले शारीरिक र मानसिक रोगहरुको लागि आध्यात्मिक उपचारको साथसाथै पारम्पतिक चिकित्सा उपचारलाई निरन्तरता दिन सल्लाह दिएको छ। 

पाठकहरुलाई आफ्नो विवेक अनुसार कुनै पनि आध्यात्मिक उपचार पद्धति अपनाउन पनि उसले सल्लाह दिएको छ। एसएमआरका अनुसार नाम जप गर्दा जसलाई गर्मी वा कुनै प्रकारको असुविधा अनुभव हुन्छ उसले नामको अगाडि राखेको “ओम” लाई हटाउन सक्छ । “ओम” मा अप्रकट ऊर्जा हुन्छ जसले असुविधा पैदा गर्न सक्छ । जसले कुनै अप्ठयारो महसुस गरेको छैन “ओम” सँग जप जारी राख्न सक्दछन् ।

चार्ट डाउनलोड गर्नुहोस् (सबै रोगहरु)


कोरोनाभाइरस कोभिड १९ विरुद्ध निको पार्ने आध्यात्मिक उपचार नामजप
जब हामी भगवानको नामजप दोहोर्याउँछौं, त्यो विशेष नामसँग जोडिएको ईश्वरीय सकारात्मक उर्जा आकर्षित गर्नुको साथै भगवानको नामबाट आध्यात्मिक ऊर्जाको सकारात्मक आवरण हाम्रो वरिपरि सिर्जना हुन्छ । तल दिएको विशिष्ट नामजप कोरोनाभाइरस विरुद्ध आध्यात्मिक सुरक्षाको लागि हो । यस नामजपमा दिइएको भगवानहरुको नाम संस्कृत भाषामा छन् । यस नामजपको विशेष अनुक्रमण आध्यात्मिक अनुसन्धानबाट प्राप्त गरिएको हो । नामजपले ईश्वरको तीन देवताहरु वा ईश्वरीय सिद्धान्तहरुलाई आह्वान गर्दछ । देवी दुर्गामाताले ईश्वरको त्यो सिद्धान्तलाई प्रतिनिधित्व गर्दछ जसले दुर्जनको विनाश गर्दछ । ब्रह्माण्डमा अन्य कार्यहरु मध्ये भगवान दत्ताले मृत पूर्खाहरुको सूक्ष्म शरीर र अनिष्ट शक्तिहरुको कारण हुने समस्याहरुबाट बचाउनु हुन्छ । भगवान शिवले ईश्वरको विघटन सिद्धान्तलाई प्रतिनिधित्व गर्दछ । निम्नलिखित क्रममा नामजप दोहोर्याउनु पर्छ ।

  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • श्री गुरुदेव दत्त
  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • श्री दुर्गादेव्यै नम:
  • ॐ नम: शिवाय

कति पटक नामजप दोहोर्याउनु पर्छ ?
म प्रभावित छैन। यदि तपाई कारोनाभाइर संक्रमणसँग सम्बन्धित कुनै लक्षणहरु महसुस गरिरहनु भएको छैन भने, तपाई मानसिक रुपमा यो नामजप १०८ पटक दोहोर्याउन सक्नुहुन्छ । यसको लागि लागभग ३०–३५ मिनेट लाग्न सक्छ ।

म संक्रमित छु वा ममा लक्षणहरु देखा परेको छ। यदि तपाईमा लक्षणहरु देखा परेको छ वा भाइरसबाट संक्रमित हुनु भएको छ भने, तपाई मानसिक रुपमा कोरोनाभाइरससँग लड्नको लागि आफ्नो आध्यात्मिक शक्ति बढाउन दैनिक ६४८ पटक यस नामजपलाई दाहोर्याउन सक्नुहुन्छ । यसको लागि करीव ७.५ घण्टा लाग्दछ ।

के यो नामजप मरो रक्षा गर्नको लागि पर्याप्त छ ?
यो नामजपले आध्यात्मिक स्तरमा व्यक्तिलाई बचाउँछ – किनकि भाइरसको सृष्टि र प्रसारको मूल कारण आध्यात्मिक प्रकृति हुन्छ। तथापि, लक्षणहरु शारीरिक प्रकृतिमा भएको हुनाले हामीले शारीरिकस्तरमा चिकित्साले दिनु भएको सबै उपायहरु अनुसरण गर्नुपर्दछ । जस्तै तपाईको हात धुने, सामाजिक दूरी कायम राख्ने, आफ्नो अनुहारलाई नछुने, कुहिनोमा खाक्ने आदि। साथै आफ्नो बचाउको लागि सल्लाह दिए अनुसार चिकित्सा उपचार लिनुहोस् । कृपया ध्यान दिनुहोस् नामजपमात्रै चिकित्साद्वारा दिएको शारीरिक या मनोवैज्ञानिक उपचारहरुको विकल्प होइन ।

बारम्बार सोधिने प्रश्नहरु
म कसरी जान्न सक्छु मेरो रोगको शारीरिक कारण हो कि आध्यात्मिक कारण ?
उत्तरः हामीले सञ्चालन गरेको आध्यात्मिक अनुसन्धानबाट थाहा पायौं कि प्राय सबै रोगहरुमा आध्यात्मिक कारक हुन्छ । त्यसकारण तपाईको नियमित उपचारको साथ आध्यात्मिक उपचारका उपायहरु लिन उत्तम हुन्छ । सन्दर्भ लेख पढ्नुहोस् – भूत वा दिवंगत पूर्खाहरुले मेरो रोगमा पुर्याइरहेको संकेतहरु के हुन् ?

के मैले आधुनिक चिकित्सा विज्ञान (एलोपथी) अनुसार उपचार जारी राख्नु पर्छ ?
उत्तरः हो उपचार जारी राख्नु पर्छ । एसएसआरएफको सल्लाह छ कि शारीरिक र मानसिक रोगहरुको लागि आध्यात्मिक उपचारको साथसाथै पारम्पतिक चिकित्सा उपचारलाई निरन्तरता दिनुहोस् । कृपया नामजपहरु चिकित्सा उपचारलाई पूरक बनाउन प्रयोग गर्नुहोस् किन कि यसले उपचारलाई अझ प्रभावकारी बनाउन मद्दत गर्दछ ।

आध्यात्मिक उपचार नामजप कति लामो समयसम्म गर्नु पर्छ ?
उत्तरः तपाईको समस्याहरु कम नभएसम्म जारी राख्नु पर्छ । लक्षणहरुको गम्भीरता अनुरुप आध्यात्मिक उपचार नामजप दैनिक रुपमा विभिन्न अवधिसम्म जारी राख्नुहोस् ।

कम लक्षणहरु भएमा आध्यात्मिक उपचार नामजप दिनमा १-२ घण्टा एकै पटक अथवा धेरै पटक बसेर गर्न सक्नु हुन्छ ।
यदि लक्षणहरु मध्यम छ भने ३-४ घण्टा वा सोभन्दा बढी गर्नुपर्ने हुन्छ । यदि गम्भिरता अधिक उच्च छ भने कृपया दैनिक रुपमा सकेसम्म लामो उपचार गर्नुहोस् ९कम्तिमा ८-१० घण्टा प्रति दिन।

माथिको लागि, जप निम्न प्रकार गर्न सकिन्छः
आधा समय चिकित्सा समस्या अनुसार विशिष्ट देवताको नामजप गर्नको लागि दिनुहोस् । बाँकी आधा समय भगवान श्री कृष्णको नामजप गर्नको लागि दिनुहोस् “ॐ नमो भगवते वासुदेवाय”

मेरो जन्म धर्मको आधारमा भगवानको नामजप गर्नु पर्छ, वा यो खण्डमा दिएको नामजप गर्नु पर्छ ?
उत्तरः पहिलो प्राथमिकता आध्यात्मिक उपचार नामजप पूरा गर्नको लागि दिनु पर्छ । जब माथि उल्लेख गरेको आवश्यक अवधिको नामजप गरिसकेपछि आफ्नो जन्म र्धम अनुसार नामजप गर्न सक्छौं ।

म ठिक हुन कति समय लाग्छ ?
उत्तरः आध्यात्मिक कारणले भएको समस्या ठिक हुनको लागि समय केहि सेकेन्ड देखि धेरै महिना वा वर्ष लाग्न सक्दछ । उदाहरणको लागि छाला चिलाउने गोमुत्र प्रयोग गर्ने वितिकै ठिक हुन्छ यदि त्यो दिवांगत पूर्खाको कारण भएको हो भने । तर यदि चुरोटको दुव्यसन आंशिक रुपना व्यक्तिलाई मन पर्नुको कारण (जस्तै मनोवैज्ञानिक स्तरमा) र आंशिक रुपमा आध्यात्मिक कारण । तब दुर्व्यसन हटाउनको लागि एक वर्षसम्मको आध्यात्मिक अभ्यास गर्नुपर्ने हुनसक्छ ।

ठीक हुनको लागि लिइने समय धेरै कारकहरुमा निर्भर गर्दछः 
बिरामीको प्रारब्धको प्रभाव कति छ। आध्यात्मिक उपचार लागू गर्न स्थिरता । आध्यात्मिक अभ्यासको तीव्रता । हमला गर्ने वा आवेषित गर्ने भूतको शक्ति कति छ। यि माथिका कुराहरुमा भर पर्दछ।

व्यक्तिमा स्वाभाव दोषहरु कति छ र ती दोषहरुले कुन स्तरसम्म प्रभाव पारेको छ यसको आधारमा व्यक्ति ठीक हुने समय बढ्न सक्छ । किन कि भूतले स्वभाव दोषहरु जस्तै क्रोध, भय र अन्य भावनाहरुको उपयोग गरेर व्यक्तिमा कालो शक्तिको केन्द्र बनाई सजिलै प्रवेश गर्न र आवेषित गर्दछ ।

नामजप गर्ने आध्यात्मिक अभ्यासलाई कसरी म अझ प्रभावकारी बनाउन सक्छु ?
उत्तरः नामजप एकाग्रतासँग गरेर, नामजपमा श्रद्धा बढाएर, भावको साथ नामजप गरेर साथै निरन्तर प्रार्थना गरेर नामजपको प्रभावकारीता बढाउन सक्छौं । 

व्यक्ति कोमामा छ र आफै नामजप गर्न सक्दैन भने के गर्ने ?
उत्तरः यस्तो अवस्थामा बिरामीको आफन्तले उसको लागि नामजप गर्न सक्दछ । नामजप शुरु गर्नु अधि यसरी प्राथना गर्न सक्नु हुन्छ, “मैले गरेको नामजप मेरो आफन्तको आध्यात्मिक कारणले भएको बिमारीको लागि अर्पण गर्दछु ।”

मेरो रोग माथिको सूचिमा नभएको खण्डमा के गर्ने ?
उत्तरः यदि चरण २ को ड्रप डाउन बक्समा तपाईको बिमारी फेला पार्न सक्नु भए भने वर्ग, ‘अन्य सबै’ ‘जुन शरीरको प्रणालीसॅंग सम्बन्धित छनौट गर्न सक्नुहुन्छ ।

आउने समयमा आध्यात्मिक उपचार पद्धतिको के महत्व छ ?
उत्तरः विश्व हाल अशान्तिको स्थितिमा छ । धेरै सन्तहरुले तेस्रो विश्व युद्ध र आउने केहि वर्षहरुमा प्राकृतिक प्रकोपको भविष्वाणी गरेका छन् । युद्धको परिणाम स्वरुप धेरै आधारभूत वस्तुहरुको अभाव हुनेछ । कारखानाहरु बन्द हुनेछन् र औषधीहरू अनुपलब्ध हुनेछन् । त्यो समयमा रोग र बिरामी ठीक गर्न आध्यात्मिक उपचार पद्धतिहरु र वैकल्पिक उपचार पद्धतिहरुमा भर पर्नुपर्छ । फाइदाजनक पक्षबाट अहिले नै आध्यात्मिक उपचार पद्धतिहरु सिक्न महत्वपूर्ण छ । थप जानकारीका लागि : www.ssrf.org



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ