arrow

आत्महत्याअघि पटक पटक लेखेकी थिइन् प्रत्युषाले आफ्नो पीडा

logo
प्रकाशित २०७६ चैत २१ शुक्रबार
pratyusha-banerjee.jpg

काठमाडौं । बलिउड अभिनेत्री प्रत्युषा बनर्जीले आत्महत्या गरेको ४ वर्ष पुगेको छ । उनले सन् २०१६ को अप्रिल १ तारिखमा आत्महत्या गरेकी थिइन् । 

‘बालिका बधु’ टेलिसिरियलबाट चर्चित बनेकी प्रत्युषा र सिजन १३ का बिगबोस सिद्धार्थबीचको टेलिभिजन स्क्रिन सेयर निकै राम्रो बनेको थियो । 

उनको मृत्युले धेरैलाई स्तव्ध पारेको थियो । उनी आफ्नै घरमा पासो लगाएर मरेकी थिइन् । 

प्रत्युषाको मृत्युपछि उनका प्रेमी राहुल राज सिंह आशंकाको घेरामा आएका थिए । उनका नजिकका मानिसहरुले दुईबीच पछिल्ला दिनमा झगडा भइरहने गर्दथ्यो । 

यही कारणले प्रत्युषा निकै दुःखी थिइन् । उनले इन्स्टाग्राम पेजमा निकै पीडा भरिएका कुराहरु पोष्ट गरेकी थिइन् । 

एक इन्स्टामा उनले ‘मेरो प्यारो हाँसोका पछाडि थुप्रै राज लुकेका छन् । मेरा प्यारा आँशुभित्र थुप्रै आँशु लुकेका छन् र मेरो मुटुमा धेरै नै पीडा छ ।’

उनले लेखेकी थिइन्, ‘टुक्रिएको चिजसंग आफ्नो दिनको सुरुवात नगर्नुस् । हरेक दिन नयाँ छ । हरेक दिन नयाँ सुरुआत हो ।’

उनले एक पोष्टमा लेखेकी थिइन् –हमेशा मेरो यही प्रार्थना छ कि आँखाले सधै राम्रा मानिसलाई देखुन् । एक हृदय जसले हरेक नराम्रो चिजलाई माफी देओस् । एक दिमाग जसले हरेक खराव हालतलाई भुलोस् । एक आत्मा जो भगवानमाथि कहिल्यै विश्वास नगुमाओस् ।

एक पोष्टमा उनले लेखेकी थिइन् – कुनै पनि महिलालाई खुशी रहनका लागि तीन चिज चाहिन्छ – ध्यान, लगाव र सराहना । 

त्यस्तै एक पोष्टमा उनले लेखेकी थिइन्, ‘रोमान्स, क्यान्डल लाइट डिनर, बिचमा साथै हिँड्नु यो सबै सच्चा प्रेमका लागि जरुरी छैन । सच्चा प्रेममा सम्मान, विश्वास, ख्याल गर्नु र शान्ति बनाइराख्नु हुनुपर्छ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ