arrow

कोभिड–१९ राहत कोषमा साढे एघार लाख सङ्कलन

logo
रासस,
प्रकाशित २०७६ चैत २२ शनिबार
corona-virus-human-body.jpg

वालिङ। वालिङ नगरपालिकाले स्थापना गरेको वालिङ कोभिड–१९ राहत कोषमा साढे एघार लाख सङ्कलन भएको छ। वालिङ नगरभित्रका १४ वटै वडामा कोभिड–१९ को सङ्क्रमणबाट गुज्रिरहेको अवस्थामा नपाको प्रभावित नागरिक सीमान्तकृत, गरिब, दैनिक ज्यालादारी, गुजारा व्यवसाय र सडक जीवन बिताइरहेकालाई खाद्यान्न तथा राहत उपलब्ध गराउने उद्देश्यले स्थापना गरिएको कोषका शुक्रबार साँझसम्म नगद तथा खाद्यान्न गरी रु ११ लाख ५० हजार ८११ सङ्कलन भएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए।

शुक्रबार साँझसम्म रु १० लाख ७६ हजार ८११ नगद तथा ७४ हजार बराबरको खाद्यान्न गरी कूल रु ११ लाख ५० हजार ८११ सङ्कलन भएको नगरप्रमुख खाँणले बताए। सङ्घसंस्था तथा व्यक्तिले आफूखुसी राहत वितरण गर्दा कसैले दोहोरो राहत पाउने सम्भावना हुने र कसैले पाउँदै नपाउने सम्भावना हुने भएकाले जोकोहीले पनि राहत वितरण गर्ने इच्छा भएमा नगरपालिकामार्फत वितरण गर्न पाउने व्वस्था मिलाइएको नगरप्रमुख खाँणले बताए।

वालिङ नगरपालिकाको कोभिड–१९ राहत कोषको नेपाल बैंक लिमिटेड वालिङको खाता नं ०८३००१०६८३३२६७०००००१ मा इच्छुक सङ्घसंस्था तथा व्यक्तिगत र संस्थागत सहयोग रकम जम्मा गरी बैंक भौचरको प्रति नगरपालिका कार्यालयमा उपलब्ध गराउन हुन पनि नगरपालिकाले अनुरोध गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ