arrow

मास्क र सेनिटाइजर बोकेर गाउँ बस्ती पुगे बिष्ट 

सीमामा आएका नागरिकलाई अपराधी जस्तो व्यवहार निन्दनीय

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
kanchanpur-nc-bista.jpg

कञ्चनपुर। संसार भर फैलिएको कोभिड-१९ कोरोना भाइरसको संक्रमणका कारण नेपाली जनमानसमा त्रास फैलिएका बेला निर्वाचित जनप्रतिनिधिहरु स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचारमा मुछिएको आलोचना बढ्दै गई रहदा नेपाली काँग्रेस कञ्चनपुरका नेता तथा पुर्व साँसद दिवानसिंह बिष्ट भने मास्क र सेनिटाइजर बोकेर जनतालाई बितरण गर्न गाउँ बस्तीमा कुदिरहेका छन्।

काँग्रेस नेता बिष्टले आफ्नै ब्यक्तिगत लगानीमा कञ्चनपुरको बेल्डाँडी गाउँ पालिकामा शुक्रवार १ हजार मास्क र सेनिटाइजर बितरण गरेर अभियानको सुरुआत गरेका हुन।

गाउँ बस्तिमा कुनै संकट वा समस्या देखिना साथ नेता बिष्ट एक जना सहयोगी बोकेर जनताका घरदैलोमा पुगि हाल्छन काँग्रेस नेता बिष्ट। सामान्य पहिरन तथा बिना लावालस्कर एक जना मोटरसाइकल चालक लिएर गाउँ बस्तीमा पुगि हाल्ने उनको स्वभावले उनी यतिबेला चर्चित बनेका छन्। सीमा अतिक्रमणको बेला होस वा महामारी फैलिदा होस नेता बिष्ट जनताको मनोबल बढाउन पुगिरहेका देखिन्छन।

यतिबेला कोरोना भाइरसले संसार त्रसित बनी रहँदा आफनै ब्यक्तिगत लगानीमा मास्क र सेनिटाइजर बोकेर नेता बिष्ट शुक्रबार मध्याह्न बेलडाँडी पुगे। शुक्रवार बेल्डाँडी गाउँ पालिका स्वास्थ्य सामाग्री बोकेर पुगेका नेता बिष्टले गाउँ पालिकाका पार्टी सभापति हर्कदेव जोशीलाई मास्क हस्तान्तरण गरेका हुन। सभापति जोशीले गाउँपालिकाका ५ वटै वडाका सभापतिहरुलाई उक्त मास्क हस्तान्तरण गरेका थिए। 

वडा सभापतिहरुले आआफ्नो वडामा उक्त सामाग्री बितरण गर्ने जनाइएको छ। क्षेत्रका जनताको स्वास्थ्य सुरक्षाका लागि तिनै तहका सरकारको कार्यक्रम प्रभावकारी रुपमा आउन नसकेको अबस्थामा नेता बिष्टले मास्क र सेनिटाइजर बितरण अभियान सुरु गरेका हुन।

कार्यक्रममा बोल्दै नेता बिष्टले भने "बोर्डरमा जनताले दु:ख पाइरहेका छन् तर सरकारलाई वास्ता छैन।" उनले भने सुदुरका गौरीफन्टा, खजुरिया गड्डाचौकी , झुलाघाट र दार्चुलाका सीमामा नेपाली नागरिकहरुलाई थुनेर राखेको छ यो सरकारले जनताको मानव अधिकार समेत उलंघन गरेको छ। 

नेता बिष्टले भने "भारतबाट गाउँ फर्कने नेपाली नागरिकको सीमानामै स्वास्थ्य जाँच गरि आवश्यकता अनुसार क्वारेन्टाइनको ब्यबस्था गरेर नेपाली नागरिकको ब्यबस्थापन गर्न सरकार अनुदार बनेको छ।" भारतबाट फर्केका नेपाली नागरिकलाई सरकारले अपराधिको जस्तो व्यवहार गरेको छ यो निन्दनीय हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ