arrow

सिंजा गाउँपालिकाले भन्यो : रोगबाट सुरक्षित रहनु, भोकको चिन्ता नगर्नु

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
corona-singa-gaunpalika.jpg

जुम्ला। जुम्लाको सिंजा गाउँपालिकाका अध्यक्ष देवल सिंह रावलले गाउँपालिका भित्रका सम्पूर्ण जनतालाई घर भित्रै बसेर रोगबाट बच्न र खाद्यान्नको चिन्ता नगर्न अनुरोध गरेका छन्। विभिन्न क्वारेन्टाइन स्थलमा रहेका ब्यक्तिहरुलाई र गाउँ-गाउँमा लकडाउनलाई बेवास्ता गरि जमघट गरिरहेका व्यक्तिलाई भेटेर घर भित्रै बस्न र सामुहिक काम धन्दा नगर्न रावलले अनुरोध गर्दै आएका छन्। 

यो बर्ष भरिका गाउँपालिकाको सम्पुर्ण बजेट खर्चेर पनि तपाईहरुलाई पाल्न तयार छु तर घर बाहिर नआउनुस भन्दै गाउँपालिका अध्यक्ष स्थानीयलाई सचेत गराउँदै गाउँगाउँ घुम्न थालेका छन्।

लकडाउनलाई बेवास्ता गरेर सामुहिक कामकाजमा ननिस्कन, गाउँमा हुल गरेर नबस्न, जुवा तास र जाँडरक्सीमा नलाग्न अनुरोध गर्दै आएको गाउँपालिकाको आग्रहलाई अटेर गरिएपछि शुक्रवारबाट प्रत्यक गाउँमा प्रहरी खटाउन लागेको छ।

भारतमा पछिल्लो समय कोरोना भाइरसका बिरामी दिन प्रतिदिन थपिन थालेपछि भारतबाट आईरहेका धेरै ब्यक्तिहरु यहाँपनि रहेकाले गाउँपालिकाले चिन्तासंगै उनिहरुलाई निगरानिमा राख्न चासो पनि बढाएको छ।

मास्क, साबुन लगायतका सामग्री गाउँगाउँमा बाँडेर भर्खरै सकाएको सिंजा गाउँपालिकाले तत्काल खाद्यबस्तु ल्याउने तयारि गरिरहेको छ। लकडाउनको अबधि अझै बढ्ने संभाबना रहेकाले प्रशस्तै खाद्यबस्तु ल्याएर भण्डारण गरिने गाउँपालिका अध्यक्ष रावलले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ