arrow

प्रदेश सरकारले नदिएपछि खार्पुनाथ गाउँपालिका आफै स्वास्थ्य उपकरण किन्दै

logo
जनकबहादुर शाही,
प्रकाशित २०७६ चैत २२ शनिबार
Kharpunath.jpg

हुम्ला। सरकारले कोरोना संक्रमण विरूद्धको लडाईंका लागि चीनबाट ल्याएका स्वास्थ्य सामाग्री प्रदेश सरकारले नदिए पछि हुम्ला जिल्लाको खार्पुनाथ गाउपालिकाले आफै खरीद गर्ने भएको छ। सम्भावित संक्रमणबाट जोगिन र गाउँपालिकामा स्थापना भएका क्वारेन्टाइन र आइसोलेसनमा रहेका व्यक्तिलाई चेकजाँच गर्न तथा कोरोना बिरुद्ध खटिएका पालिकाका स्वास्थ्यकर्मीलाई संक्रमण नहोस भनेर चेकजाँच गर्न आवश्यक उपकरणहरु गाउँपालिकाले खरिद गर्न लागेको हो।

संघीय सरकारबाट प्राप्त भएका कोरोना भाइरस संक्रमणको चेकजाँच गरिने उपकरण प्रदेश सरकारले स्वास्थ्य सेवा कार्यालयका लागि मात्र उपलब्ध गराएको छ। खार्पुनाथ गाउँपालिकाले संघिय र प्रदेश सरकारको भर पर्नु भन्दा कोरोना संक्रमण विरूद्धको लडाईंका लागि आबश्यक पर्ने थर्मल गन, पीपीई, सर्जिकल मास्क, ग्लब्स, चश्मा, एन नाइन्टिन मास्क, स्प्रिट लगायका सामाग्री खरिद गर्ने निर्णय गरको गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर रावलले बताए।

कोभिड–१९को डलाग्दो अवस्थामा हामीले पालिकाका तीन स्थानमा थर्मोमिटरका भरमा हेल्थ डेस्क राखेर सेवा दिइरहेको छौं । प्रदेश र संघीय सरकारको मुख ताकेर बस्नु भन्दा चाहिने उपकरण खरिद गर्दा तीब्रगतीमा संक्रमण फैलिंदो भाइरसको संक्रमणबाट खार्पुनाथका नागरिलाई बचाउन यो कदम चालिएको रावलले बताए। पालिकाले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्नका लागि १० लाखको कोरोना रोकथाम तथा उपचारकोष स्थापना गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) को नियन्त्रणका लागि सरकारले लिएका नीति र चालेका कदमहरू प्रभावकारी भएकाले स्थानिय सरकारलाई सहयोग गर्न खार्पुनाथका स्थानियबासीलाई अध्यक्ष रावलले अपिल गरेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ