arrow

संकटमा नेपाली क्रिकेट : डिसेम्बर यता खेलाडीलाई ‘नो पारिश्रमिक, नो सम्झौता’

यो परिस्थिति आउनु दुर्भाग्य हो : कप्तान पारस खड्का

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
nepali-team-new-p.jpg.jpeg
काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेसंगै नेपाली क्रिकेट र खेलाडीको भविष्य अन्योलमा परेको छ । मुख्यतः नेपाली खेलाडीको पारिश्रमिक र घरेलु प्रतियोगितामा प्रत्यक्ष असर पर्नेछ । आइसीसीको  युएईमा  सोमबार बसेको बोर्ड बैठकले नेपाल क्रिकेट संघलाई निलम्बन गर्ने निर्णय गरेको थियो । 
 
अधिकांशले परिस्थिति आउनु दुर्भाग्य भएको बताएपनि सरकारले भने खासै फरक नपर्ने बताएको छ । आइसीले नेपाल अब आइसीसीको बोर्ड सदस्यको हदार हुने छैन –भनेको छ । आइसीसी आफै आएर स्वन्त्र क्यान गठन नगरे सम्म निलम्बन फुकुवा नहुने देखिएको छ । 
 
क्यानमा दुई कमिटीबीचको विवादलाई लिएर सर्वोच्चमा मुद्दा परेको तथा हालसम्म किनारा नलागेको र निष्पक्ष चुनाव गर्न नसकेको भन्दै आसीसीले विधानको अनुच्छेद २.९ अनुसार नेपाल क्रिकेट संघलाई निलम्बन गरेको हो । आइसीसीले सरकारले हस्तक्षेप गरेका कारण क्यानमा स्वतन्त्र र निश्पक्ष चुनाव हुन नसकेको समेत उल्लेख गरेको छ । यसले क्रिकेटसंघमा सरकारी हस्तक्षेप भएको स्वीकार गर्दैन । 
 
यो परिस्थिति आउनु दुर्भाग्य हो  : कप्तान पारस खड्का 
नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले यो परिस्थिति आउनु दुर्भाग्य भएको बताएका छन् । हाम्राकुरासंग पारसले भने, ‘आइसीसीले यो कदम उठाउनु दुर्भाग्य हो ।’ निलम्बनले आफुहरुलाई निकै अफ्ठ्यारो पर्ने बताउँदै पारसले आफुहरुलाई आर्थिक कठिनाई हुने बताए । पारिश्रमिक पाउनु भो ? जवाफमा पारसले भने, ‘हामीले डिसेम्बर सम्म पारिश्रमिक पायौं, त्यसपछिको पाएका छैनौं ।’ २०१५ देखि पाउन लागेको पारिश्रमिक पनि कति वेला पाउने हो थाहा हुँदैन । त्यस अघि त झन् सामान्य खर्च स्वरुप ५ हजार दिने गरिएको पारसले सम्झिए । 
 
खेलमा फरक पार्दैन ? 
पारसले यसअघि पनि क्यानमा विवाद रहेकै समयमा आफुहरुले सफलता दिलाएरै छाडेको भन्दै ग्राउण्डमा कुनै समस्या नहुने बताए । उनले भने,  ‘ग्राउण्डमा हामीले मेहनत गरिरहेकै छौं, अब उपरान्तपनि कमिकमजोरी रहँदैनन् ।’ यद्यपि, म्यानेजमेन्टको पाटोले निश्चयपनि फरक पार्छ । उनले क्यानमा पहिले पनि भित्र–भित्रै समस्या रहेको र अहिले बाहिर मात्रै आएको हो–भने । अब आइसीसीको मेम्बरहरु आफै आएर क्यानमा एक्टिभ र अनुभवि व्यक्ति छान्नु हुन्छ, पारसले थपे, ‘अब सबै मिलेर नयाँ सुरुवात गर्नु पर्छ ।’ आइसीसीले नयाँ सुरुवातका लागि बाटो तय गर्न आग्रह गरेको छ । पुरानै संरचनामा गए फेरि पनि हामी अघि बढ्न सक्दैनौं । नयाँ संरचनामा जार्नै पर्छ । 
 
सतहमा नदेखिएका जटिलता आउनेवाला छ  : प्याकुर्‍याल 
चतुरबहादुर चन्द पक्षीय क्यान महासचिव अशोक नाथ प्याकुर्‍यालले नेपाली क्रिकेटमा सतहमा नदेखिएका जटिलताहरु आउने खतरा रहेको बताएका छन् । उनले भने, ‘हामीले आइसीसीले क्यानलाई मात्र निलम्बन गरेको हो, खेल खेल्न पाइहाल्छ भनेर मख्ख पर्ने अवस्था छैन, समग्र क्रिकेटलाई ध्यानमा राखेर निलम्बन फुबुवा गर्न तर्फ लाग्नु पर्छ ।’ जिल्ला, क्षेत्रका प्रतियोगिता र राष्ट्रिय लिगको भविष्य के हुन्छ ? त्यतातिर पनि ध्यान दिनु पर्छ । जनशक्ति उत्पादनको विषयमा सोच्नु पर्दैन प्याकुर्यालले प्रतिप्रश्न गर्दै भने, ‘१८–२० जनाले मात्रै क्रिकेट खेलेर हुँदैन ।’ निलम्बनले जटिलता थपियो । क्यानको आफ्नो आन्तरिक स्रोत छैन ।
 
खेलाडीको पारिश्रमिकका लागि अब समस्या हुन्छ । डिसेम्बर पछि आइसीसीले नामिवियासंगको क्रिकेट खेल्दा एक महिनाको पारिश्रमिक उपलब्ध गराएको थियो । बाँकी खेलाडीले पाएका छैनन् । यद्यपि, प्याकुर्‍यालले निलम्बन फुकुवा नभएसम्म आइसीसीसंग खेलाडीका लागि भन्दै समन्वय गरेर केही बाटो भने रहने बताए । सरकारले केही गर्न सक्दैन ? जवाफमा प्याकुर्‍यालले भने, ‘सरकारले जे पनि गर्न सक्छ, चाहाना राखे हुन्छ पनि, राखेपले नै सरकारसंग रकम निकासा मागेर खेलाडीलाई भुक्तानी गर्न सक्छ ।’ निलम्बनको विषय सामान्य विषय होइन यसलाई सरकार र सबैले गम्भीर रुपमा लिनै पर्छ । 
 
खेलाडीलाई केही असर पदैन : सदस्यसचिव विष्ट 
राष्ट्रिय खेल कुद परिषद् सदस्यसचिव केशवकुमार विष्टले निलम्बनले खेलाडीलाई केही फरक नपर्ने बताए । उनले पदाधिकारीलाई मात्र अफ्ठ्यारो परेको सुनाए । खेलाडीको पारिश्रमिक कसले दिन्छ ? जवाफमा उनले भने, ‘खेलाडी हाइएर गर्ने आइसीसीले नै हो, उनीहरुले नै प्रतियोगिता गराउँछन्, उनीहरुले नै पारिश्रमिक दिन्छन् ।’ यद्यपि, क्यान निलम्बनमा परेको अवस्थामा रिफारिस र समन्वय कस्ले गर्छन भन्नेबारे उनले केही भनेनन् ।
 
स्थानीय प्रतियोगिता र राष्ट्रिय लिग पहिले क्यान हुँदा पनि नभएको बताउँदै विष्टले भने, ‘पहिले पनि उनीहरुले बजेट ल्याउने र स्थानीय प्रतियोगिता गर्ने काम गर्न सकेनन् ।’ अब हामीले प्रतियोगिता गराउँछौं । खेलाडीको सम्झौता सकियो नी ? यसबारे आफुहरुलाई आइसीसीको आधिकारीक पत्र आएपछि थाहा हुने बताए । 
  
खेलाडीको सम्झौता र पारिश्रमिकको सकस
सन् २०१५ जनवरीदेखि नेपाली खेलाडीहरुलाई एक वर्षिय केन्द्रिय सम्झौता गरेको थियो । उक्त सम्झौतामा खेलाडीलाई ४ वर्गमा बाँडेर मासिक तलबको व्यवस्था गरिएको थियो । डिसेम्बर ३१, २०१५मा खेलाडीहरुको सम्झौता सकिएको छ । आइसीसीले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरेसँगै खेलाडीहरुको भविष्य पनि अन्योलमा परेको छ । 
 
क्यानसंग भएको सम्झौता अनुसार २२ खेलाडीलाई ४ वर्गमा बाँडिएको थियो । वर्ग ‘ए’मा रहेका खेलाडीहरुले ३५ हजार रुपैंया, ‘बी’मा रहेकाले २५ हजार, ‘सी’मा रहेकाले १५ हजार र ‘डि’मा रहेकाले पाँच पाउने व्यवस्था गरिएको थियो । वर्ग ‘ए’ मा कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, शक्ति गौचन, बसन्त रेग्मी, सुवास खकुरेल र शरद भेषावकर थिए । ‘बी’ मा सोमपाल कामी, सागर पुन, नरेश बुढाऐर, अमृत भट्टराई, विनोद भण्डारी र भुवन कार्की थिए ।  
 
‘सी’मा जितेन्द्र मुखिया, आरिफ शेख, अनिल मण्डल, राहुल कुमार बिक, प्रदिप ऐरी र मेहबुब आलम रहँदा राजेश पुलामी, रामनरेश गिरी, करण केसी र राजु रिजाल वर्ग ‘डी’मा थिए । जनवरी, २०१६ देखि नयाँ सम्झौता नभएको र खेलाडीहरुको भविष्य के हुने भन्ने अर्को चाँसोको विषय हुन पुगेको छ । आइसीसीले क्यानलाई निलम्बन गरेपछिको अवस्थामा चौतर्फी अन्योल छाएको छ । कप्तान पारस खड्काले भने, ‘डिसेम्बर २०१५ सम्मको मासिक तलब बुझेका छौं, अब के हुन्छ थाहा छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ