arrow

अलपत्र परेका ३ सय ७७ मजदुरको उद्धार

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७६ चैत २२ शनिबार
panchthar-district1.png

पाँचथर। कोरोना भाईरसको कारण पाँचथरका विभिन्न आयोजनामा काम गर्ने अलपत्र परेका मजदुरहरुको उद्धार गरिएको छ। जिल्ला प्रशासन कार्यालय पाँचथरले अहिले सम्म ३ सय ७७ जना मजदुरको उद्धार गरेको सहायक प्रमुख जिल्ला अधिकारी निर्मल तुम्रोकले जानकारी दिए।

अलपत्र परेपछि उनीहरुलाई गाडीको ब्यवस्था गरेर घरसम्मै पुरयाइएको उनले बताए। स्वच्छन्द कन्काई कम्पनीमा कार्यरत १ सय १६ जना, विभिन्न कम्पनीमा कार्यरत १ सय १४ जना,पुष्पलाल मध्यपहाडिमा ७५ जना, टेकमाइन्डसमा १८ जना, एनएमबी इन्टरप्राइेजज, पाथिभरा, पशुपति वर्कसपमा १२ जना, खानेपानी कार्यालयमा २० जना, पूर्वाधार विकाशमा ५ जना, डिभिजन वन कार्यालयमा ८ जना, पूर्वाधार विकाश ५ जना, त्रिपुरेश्वर कण्डक्टर २ जना गरी ३ सय ७७ जना कामलाई उद्धार गरिएको हो।

यस्तै अहिले अत्यावश्कीय बाहेक एक जिल्ला बाट अर्को जिल्लामा अनुमति पास दिन समेत रोकेको प्रशासनले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ