arrow

महाराजगञ्ज नगरपालिकाले २ हजार बढी घर परिवारलाई राहत दिदै

एक सय ७८ जना क्वारेन्टाइनमा

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ चैत २२ शनिबार
mayor-abdul-kalam-maharagung.jpg

कपिलवस्तु। विश्वमा फैलिएको कोरेना भाइरसको कारण नियन्त्रणको लागी गरिएको लगडाउनको चपेटामा परेका गरिब मजदुरहरुलाई महाराजगंज नगरपालिकाले २ हजार २ सय नगरवासीलाई राहत वितरण दिने भएको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि नेपाल सरकारले लागु गरेको लकडाउनको मारमा परेका नागरिकहरुको लागत संकलन गरी राहत दिने निर्णय गरि अति आवश्यक खाद्यान्न वितरण कार्य सूरु गरिएको छ।

महाराजगंज नगरपालिका भित्र दैनिक ज्यालागरी आफनो परिवार पाल्ने अति गरिब परिवारलाई राहत वितरण गर्न लागेको महाराजगंज नगरपालिकाका नगर प्रमुख अब्दुल कलामले जानकारी दिए। महाराजगञ्ज नगरपालिकाको विपद व्यवस्थापन समितिको बैठकले प्रत्येक वडाबाट २ सय गरिब मजदुरको लागत संकलन गरि ११ वटै वडामा राहत वितरण गरिरहेको कलामले बताए।

राहतको लागि  तत्काल रु ५५ लाखको राहत कोष खडा गरिएको र  त्यसैबाट राहत वितरण कार्य गरिरहेको  नगर प्रमुख अब्दुल कलामले जानकारी  दिए। नगरपालिकाको विपत व्यवस्थापन समितीको बजेटले मात्र राहत वितरण गर्न नपुग्ने भएकाले संघीय सरकार प्रदेश सरकार स्थानीय सामाजिीक संस्था र निजी क्षेत्रलाई पनि यो अभियानमा सरिक हुन नगरपालिकाले आग्रह गरेको छ।

स्वाथ्यकर्मीहरुले चेकजाचमा कडाई गरेको र भारत तथा विदेशवाट आएका नागरिकलाई क्वारेन्टाईनमा राखिरहेको समेत नगरपालिकाले जनाएको छ। लकडाउनको पुर्णपालना गर्न समेत नगरवासीमा अपिल गरेको छ। राहत स्वरुप खाद्यान्न र सरसफाईका सामाग्री प्रत्यक वडामा  वितरण जारी  रहेको उप प्रमुख शोभावती कुमीले बताइन्।

नरपालिकामा ११ वटा स्थानमा क्वारेन्टाइन बनाइएको छ। हाल सम्म छिमेकी देश भारतबाट आएका १ सय ७८ जनालाई  क्वारेन्टाइनमा राखिएको प्रमुख प्रशासकीय अधिकृत वेद प्रसाद खरेलले जानकारी दिए। क्वारेन्टाइनमा रहेका सबैको खाना बस्न सम्पुर्ण खर्च नगरपालिका मार्फत व्यहोरीएको खरेलले बताए। नगरपालिकाबाट प्रति परिवार  २५ केजी चामल , ३ केजी दाल, १ लिटर तेल ,१ केजी नुन  साबुन, लगायतका साम्रगीको प्याकेज बनाएर वितरण कार्य जारी राखिएको छ।

महाराजगंज नगरपालिकाको हरदैना, कुशहवा, कजरहवा, बरईपुर, शिशवा, जिगिना, बलरमवापुर गैडाहवामा समेत क्वारेन्टाइन स्थापना गरी दैनिक रुपमा खाना, स्वास्थ्य जांच तथा सरसफार्यमा ध्यान दिइएको छ।

कुशहवामा राहत वितरण गर्दा विपक्षीले सबैलाई राहत दिनु पर्छ भनेर अवरोध सिर्जना गरेको नगरपालिकाले जनाएको विपदको वेलामा वडा कार्यालयले सम्वन्धीत वडाका गरिव असाहय र ज्यालादारी खानेलाई मात्र राहत वितरण गर्ने योजना अनुसार नै राहत वितरण सूरु गरिएको नगरपालिकाले जनाएको छ।

यसै विच नेकपा महाराजगजं नगर समितिले कार्यविधी र मापदण्ड अनुसार मापदण्ड विपरित राहत वितरण गरेको भन्दै नगर अध्यक्ष विजय प्रकाश जयजवालले विज्ञप्ती जारी गरेका छन्। पार्टीगत राहत वितरण नगरी वास्विकताको आधार र सरकारको मापदण्ड अनुसार राहत वितरण गर्न ध्यानआर्कषण गराएको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ