arrow

कांग्रेस नेता रुगंटाले दिए बीरगञ्जको नारायणी अस्पताललाई आवश्यक उपकरण

कोरोना संक्रमणको उपचारका लागि सक्षम बनाउन आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि जनाए रुगंटाले

logo
प्रकाशित २०७६ चैत २२ शनिबार
anil-rungta-nc.jpg

बीरगञ्ज। नेपाली कांग्रेसका नेता एवं उद्योगपति अनिल रुगंटाले वीरगन्जको नारायणी अस्पताललाई कोरोना भाइरसको संकमणसँग सुरक्षित रहने लगायतका अन्य आवश्यक उपकरण उपलब्ध गराएका छन्।

पर्साको एक मात्र सरकारी अस्पतालमा विरामीहरुको चाप बढ्न थालेपनि उपकरणको अभावमा उपचारमा समस्या देखिएको थियो। सोहि समस्यालाई समाधान गर्ने प्रयासस्वरुप तत्काल केहि उपकरण उपलब्ध गराएको रुगंटाले बताए।

शुक्रबार अस्पतालको अनुगमन गर्न आएका रुगंटा सहितको टोलीसँग अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा मदन उपाध्यायले निजीमा भन्दा सरकारी अस्पतालमा ह्वातै विरामीको संख्या बढेको बताएका थिए। उनले थप उपकरणहरुको अभावमा गम्भीर प्रकृतीका विरामीलाई बाहिर रेफर गर्नु परेको गुनासो गरेका थिए।

लगत्तै कांग्रेस नेता रुगंटाले तत्काल ३ थान ग्यास आपुर्ती गर्ने अक्सिजन कनर्सन्ट्राक्टर उपलब्ध गराउन प्रतिबद्धता जनाउँदै यसको खरिदको लागि आवश्यक प्रकृया शुरु गर्न भनेका थिए। उनले भने, ‘भोलीदेखि नै यसको खरिद प्रकृयामा लागि हाल्नुस् यसमा लाग्ने सम्पूर्ण खर्च मैले नै व्यहोर्ने छु।’

अक्सिजन केन्द्रको उपकरणले सातवटा बेडलाई आपूर्ती गर्न सक्ने मेसु डा उपाध्यायले बताए। अहिले कोरोनाको संक्रमण चपेटामा पुरै देश लकडाउनमा छ भने देशमा ९ जनामा कोरोना पोजेटिभ भेटिएको छ। पूर्व सासंद समेत रहेको नेता रुगंटाले भने, आवश्यक परे अस्पतालको प्रसृती गृहको खाली रहेको तेश्रो तल्लामा आइशोलेसनको लागि सम्पूर्ण व्यवस्था मिलाउन तयार रहेको छु।

मेसु डा उपाध्यायलाई अस्पतालमा आउने विरामीको यहि सघन उपचार हुनुपर्ने जनाउँदै रुगंटाले उपकरणको अभाव अथवा कुनैपनि बहानामा अन्तै रेफर नगर्न सुझाव दिए। उनले भने,‘तपाई हामीलाई भन्नुस् के को व्यवस्था मिलाउनुपर्छ त्यसको लागि २४ सै घण्टा सहयोग गर्न हामी तयार छौं।’

उनले अस्पताललाई सेनिटाईज गर्नको लागि आवश्यक किटनाशक औषधि समेत उपलब्ध गराएका थिए। उनले उपलव्ध गराएको ३५ लिटर किटनाशक औषधीले अस्पतालको सम्पूर्ण भागलाई सेनिटाईज गरिएको थियो।

अस्पतालको अनुगमन गर्ने क्रममा कांग्रेसका पर्सा क्षेत्र नम्बर ४ का क्षेत्रीय सभापती जर्नाधन सिंह क्षेत्री, अस्पतालका चिकित्सक डा विरेन्द्र प्रधान, डा उदयनारायण सिंह लगायतको सहभागिता थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ