- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। स्मार्टडोको मार्फत किराना र आवश्यक सामानहरु सेलपे मार्फत अनलाइन भुक्तानी गर्ने प्रत्येक ग्राहकलाई घरमा नै सामान डेलिभरी हुदाँ निशुल्क १० पिस मास्क दिने बताएको छ । सेलपे र स्मार्टडोको बिचको सम्झौता बमोजिम ग्राहकले सामान खरिदमा सो सुबिधा पाउने छन्
हालको विश्वव्यापी स्वास्थ्य संकट कोरोनाभाइरसको महामारी स्थितिमा स्मार्टडोको अनलाइन शपिङ्ग मेगास्टोरले ग्राहकहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राख्दै सामानहरु घरमै डेलिभरीमा सो सुबिधा दिन लागेको हो।
यद्यपि अब व्यक्तिहरूले किराना सामान, बच्चाको सामान, ह्युमिडिफायरहरू, एयर प्यूरिफायरहरू र अन्य आवश्यक वस्तुहरू स्मार्टडोकोबाट सजिलैसँग अर्डर गर्न सक्नेछन् । हाल डिलिभरी काठमाडौं उपत्यका भित्र रहेको जनाइएको छ।
ग्राहकहरूले अफ्नो कम्प्युटर वा ल्यापटप मार्फत स्मार्टडोको लगइन गरी अर्डर बमोजिम होम डेलिभरीको सुविधा पाउने कम्पनीले जनाएको छ।
स्मार्टडोको डेलिभरीमा नगद र कार्ड बाहेक सेलपे र ई–सेवा मार्फत कारोबार गर्न मिल्नेछ। स्मार्टडोकोबाट कुनै पनि अत्यावश्यक सामग्रीको खरिद गर्दा सेलपे एप्प मार्फत अनलाइन भुक्तानी गरेमा १० थान मास्क निस्शुल्क पाउने बताइएको छ।