arrow

देशकै कान्छा वडाध्यक्ष प्रकाश रावलको कोरोना संक्रमणका बेलामा अनुकरणीय कदम 

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
prakash-rawal-kancha-ward-p.jpg

 बाजुरा । बाजुराको बडिमालिका नगरपालिका अन्तर्गत वडा नं ८ बाजुराका वडाध्यक्ष प्रकाश रावलले प्रशंसनीय कार्य गरेका छन् । 

नेपाली कांग्रेसका युवा नेता रावलले ८ नं वडाको सहयोग र व्यक्तिगत लगानीमा वडाभित्र रहेका ५०० भन्दाबढी घरधुरीलाई स्वास्थ्य सामग्री लगायत २ लाखभन्दा बढीको खाद्यान्न राहत वितरण गरेका छन् ।

विश्व कोरोनाको संक्रमणबाट त्रसित र जनजीवन निकै कष्टकर र संकटमा गुज्रिरहँदा नेपाल पनि उच्च जोखिमसंगै संक्रमित संख्या बढेर ९ जना पुग्दा नेपाल सरकारले फेरि ७ दिन थप लकडाउन थपेपछि वडाध्यक्ष रावलले आफ्नो वडाभित्र कुनैपनि संकट आइनलागोस् भन्ने ध्येयका साथ सहयोग गरेका हुन् । 

उनले स्वास्थ्य सरसफाइका सामग्रीहरू साबुन, हजार थानभन्दा बढी मास्कहरू लगायत खाद्यान्न संकट नहोस् भनेर पारिवारिक अवस्था र सदस्य सङ्ख्याका आधारमा ५ केजी देखि २५ केजी चामल ,१–१ केजी नून स्वयंको सक्रियतामा वडाको सहयोग र वडाको बजेटले अपुग भएपछि आफ्नै व्यक्तिगत लगानीमा घरघरमा पुगेरै राहत वितरण गरेका हुन्।

रावल स्थानिय चुनावमा २२ बर्षकै उमेरमा नेपाली कांग्रेसबाट देशकै कान्छा वडाध्यक्षका रुपमा विजयी भएका थिए । उनी कुनै सम्पन्न धनी परिवारमा जन्मेका व्यक्ति भने हैनन् । 

रावल सधै आफुलाई जनताको सेवामा समर्पित र जनहकहितका निमित्त लडिरहने जनप्रिय जननिर्वाचित युवा नेता हुन् । 

वडाध्यक्षमा निर्वाचित पश्चात् वडाकै पहलमा वडाभित्रका प्रत्येक घरघरमा खानेपानीसहित धाराको व्यवस्था र सडक पहुँचमा पुर्याउनुका साथै रावलले कुनै पनि पार्टीगत नाताभन्दा पर रहेर वडामा सबैलाई एकसमान न्याय र उचित अवसर दिलाउनमा  निकै सक्रियता जनाउँदै आएका छन् ।

बाजुरा जिल्लामा कुनै नेता र कार्यकर्ताले कोरोनाको विषयमा बोल्नसमेत नसकिरहेको अवस्था र नगरपालिका, जिल्ला र केन्द्रले कुनै कदम नचाल्दा वडा अध्यक्ष रावलले रातदिन नभनेर वडामा कहिले सरसफाइ सामाग्री त कहिले विभिन्न  राहत वितरण गरेर माथिल्लो तहको मुख ताकेर बस्ने परिपाटीको अन्त्य गरेका छन् ।

पछिल्लो समय यसरी विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना कोभिड–१९ को बारेमा रावल आफ्नो वडाको लागि निकै चिन्तित र चनाखो देखिएका छन् र आफ्नो क्षमताले भ्याएसम्म जनसेवामा लागिरहने आवश्यकता परे थप राहत वितरणमा कुनै कमि हुने छैन् भनि प्रतिबद्धता समेत जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ