arrow

रुपन्देहीको भैरहवामा आइतबारबाट कोरोना परीक्षण 

logo
नारायण वली, 
प्रकाशित २०७६ चैत २३ आइतबार
92634424_672372233514727_41.jpg

भैरहवा । प्रदेश नं ५ को रुपन्देहीमा आइतबारबाट कोरोना भाइरस (कोभिड–१९) को परिक्षण शुरु हुने भएको छ ।

रुपन्देहीको भैरहवा स्थित गहुँ बाली अनुसन्धान केन्द्र परिसरमा सञ्चालित कोरोना विशेष अस्पताल बाट कोरोना परिक्षण शुरु गरिने स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनवास्थ्य प्रशासन प्रमुख रोशनलाल चौधरीले जानकारी दिएका छन् ।

यही चैत १७ गते सम्पन्न प्रदेश नं ५ को मन्त्रीपरिषद्को बैठकको निर्णय अनुरुप आईतबारबाट कोरोनाको स्वाब परीक्षण शुरु हुने जनस्वास्थ्य निर्देशनालयका प्रमुख चौधरीले जानकारी दिए । 

मन्त्री परिषद्को निर्णय अनुसार रुपन्देहीस्थित भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्रमा परिक्षण ल्यावको सम्पुर्ण तयारी भैसकेकाले औपचारिक रुपमा परिक्षण कार्य शुरु गरिने प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा विनोद कुमार गिरीले बताए ।

प्रदेश नं ५ को मन्त्रीपरिषद्को बैठकले प्रदेश–५ का ३ स्थानमा कोरोना भाइरस परिक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने निर्णय गरेसँगै सो सम्वन्धि तयारी थालिएकोमा मेसिन खरिद प्रक्रियाका कारण केही ढिलाई भएको भन्दै निमित्त कार्यालय प्रमुख गिरीले ढिलै भएपनि उक्त ल्याव केन्द्र सञ्चालन गर्न लागेको जनाएका छन् । 

यसअघि प्रदेश न ५ को मन्त्री परिषद्को बैठकले भैरहवाको गहुँ बाली अनुसन्धान केन्द्रमा, दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्जको भेरी अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरी कोरोना भाइरसको परिक्षण शुरु गर्ने निर्णय गरेको थियो । 

सोही अनुरुप अब प्रदेश नं ५ मै कोरोना भाइरसको परिक्षण गर्न सकिने स्वास्थ्य निर्देशनालय प्रदेश–५ ले जनाएको छ ।

यस्तै कोरानाको परीक्षण प्रयोगशाला सञ्चालनका लागि एक हप्ता लाग्ने भेरी अस्पतालले जनाएको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश बहादुर थापाले ल्यावका सामग्री खरिद प्रक्रिया शुरु भइसकेकाले एक हप्ता भित्रै ल्याव सञ्चालनमा आउने जानकारी दिएका छन् ।

कोरोनाको परीक्षण ल्याव सञ्चालनमा आउन अझै १ हप्ता लाग्ने मेडिकल सुपरिटेण्डेण्ट डा थापाको भनाई रहेको छ ।

त्यस्तै सफ्टवेयरको काम सकिएको र सामग्री खरिदका लागि टेण्डर खोलिएको भन्दै यस्तै रफ्तारमा काम अगाडि बढ्यो भने एक हप्ताभित्रै परिक्षण शुरु गर्न सकिने विश्वास रहेको डा थापाको जिकिर रहेको छ ।

यता दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना भाइरस परिक्षण प्रयोगशाला सञ्चालनको प्रक्रिया शुरु भएको बताईएको छ ।

प्रतिष्ठानका कोरोना भाइरसका फोकल पर्सन डा सदिक्षा योगीले प्रयोगशाला स्थापनाको प्रक्रिया शुरु भएकाले कहिले बाट सञ्चालन हुन्छ भन्ने ठ्याक्कै भन्न नसकिने बताएकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ