arrow

कोरोनाको संक्रमण नियन्त्रण गर्न सशस्त्र प्रहरी सीमामा 

logo
प्रकाश चन्द्र भट्ट, 
प्रकाशित २०७६ चैत २३ आइतबार
92219053_624346855081485_27.jpg

दार्चुला । विश्वव्यापी महामारीका रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रण गर्न सशस्त्र प्रहरी सीमामा खटिने भएको छ । 

पछिल्लो समय कोरोना संक्रमणको त्रासका बिच भारत तथा अन्य देशमा रहेका नेपालीहरु धमाधम घर फर्किरहेकाले असुरक्षा बढेको भन्दै सीमामा सशस्त्र प्रहरी खटिन लागेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म हेड क्वाटर दार्चुलाका डिएसपी डम्बर बहादुर विष्टले बताए । 

कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सीमा क्षेत्रमा निगरानी बढाउन कैलालीको वनभेडा तालिम केन्द्रबाट ४० जना सशस्त्र प्रहरीको टोली आइतबार दार्चुला आउने उनले जानकारी दिए । 

यस्तै सीमा निगरानीकै लागि बैतडीमा ३० जना र डडेल्धुरामा ३० जनाको टोली खटिने उनले बताए । सशस्त्र प्रहरीले सीमा क्षेत्रमा खटिएर निगरानी बढाउने उनको भनाइ छ । 

त्रिदेशीय सीमा भएको दार्चुला जिल्लाको ४ ठाउँमा सशस्त्र प्रहरी खटिने भएको छ । प्रत्येक स्थानमा १०–१० जना गरि सीमामा खटिने छन् । जिल्लाको उत्तरीक्षेत्र व्याँसको दुम्लिङ, धौलाकोट, लेकमको लाली र जौलजीवीमा सशस्त्र प्रहरी खटिने डिएसपी विष्टले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ