arrow

पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा एनआइसी एसिया बैंकले ५ सयसम्म रकम फिर्ता दिने

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
nica-onnline-accoutn-opening.jpg

काठमाडौं। एनआईसी एशिया बैंक लिमिटेडले यस बैंकमा अनलाईन खाता खोली पहिलो मोबाइल बैंकिङ्ग कारोबार गर्दा ५०० सम्म रकम फिर्ता दिने जनाएको छ। एनआईसी एशिया बैंकको आधिकारीक वेवसाइटमा गई ग्राहकहरुले केही मिनेट भित्रै सजिलै निःशुल्क अनलाईन खाता खोल्न सक्ने जनाइएको छ। खाता खोलिसकेपछि पाउनु भएको खाता नम्बरको आधारमा ग्राहकहरुले बैंकमा रहेको रकम स्थानान्तरण तथा अन्तर बैंक रकम स्थानान्तरण लगायतका विभिन्न कारोबार गर्न सक्नेबताइएको छ।

अनलाईन खोलिएको खातामा बैंकले २१ लाख रुपैयाँसम्मको बीमा सुविधा उपलब्ध गराएको जनाएको छ। जसले गर्दा ग्राहकलाई वार्षिक रु १४००० फाइदा हुने बताइएको छ। अनलाईन खाताकै आधारमा घरबाटै मोबाईल बैंकिङ्ग सुचारु गरी खाताको रकम मौज्दात जाँच गर्न समेत सकिने सुविधा रहेको छ। मोबाइल बैंकिङ्ग एक्टिभेट गरी मोबाइल बैंकिङ्ग मार्फत पहिलो कारोबार गर्ने जुनसुकै ग्राहकले रु ५०० सम्म रकम फिर्ता जनाइएको छ।

यस बाहेक देशभर रहेका २५०० भन्दा धेरै पसल, रेष्टुरेण्ट, शपिङ मल, अस्पताल तथा होटलहरुमा मोबाइल बैंकिङ्ग तथा डेबिट वा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा ३० प्रतिशतसम्मको छुट सुविधा समेत उपलब्ध रहेको बैकले जनाएको छ। यसको अतिरिक्त ग्राहक महानुभावहरुले मोबाइल बैंकिङ्ग तथा कार्डबाट भुक्तानी गर्दा मासिक रु ४००० सम्मको रकम फिर्ता पाउन सक्ने बिज्ञप्तिमा जनाइएको छ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण सिर्जित यस कठिन अवस्थामा आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै यस बैंकले मोबाइल बैंकिङ्ग तथा ईन्टरनेट बैंकिङ्ग लगायत विद्युतीय बैंकिङ्ग माध्यमबाट अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू निःशुल्क गरिसकेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ