arrow

टोल-टोलमा पाउडरको झोल छर्केदै कांग्रेस

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
nepali-congress-flag.jpg.jpeg

पोखरा । विश्वव्यापी रुपमा बढिरहेको कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि नेपाली कांग्रेस सक्रिय बनेको छ । नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका समिति कास्कीले गाउँपालिका भित्र कोरोना भाइरसबाट नागरिकलाई जोगाउन ब्लिचिङ पाउडरको झोल छर्केको छ ।

गाउँपालिकाका ९ वटै वडामा ब्लिचिङ पाउडर झोल छर्केने योजना रहेको त्यस क्षेत्रका कांग्रेस नेता खुशीमान गुरुङले बताए ।

‘स्थानीय नेता तथा कार्यकर्ताको सहभागितामा वडाका टोल-टोलमा ब्लिचिङका पाउडरको झोल छर्केका छौ, नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य विष्णुबहादुर क्षेत्रीले भने, आफूपनि सुरक्षित बन्दै, त्यसक्षेत्रका नागरिकलाई सुरक्षित बनाउन सक्रिय छौ।’

कास्की कांग्रेसले पनि सबै नागरिकलाई आवश्यक सावधानी अपनाउन आग्रह गर्दै पार्टीका सबै इकाइलाई संकट बेला सक्रिय बन्न आग्रह गरेको प्रवत्ता नवीन सिग्देलले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ