arrow

भिड नियन्त्रण गर्न स्थानीय प्रशासन असफल भएपछि कृषि उपज थोक वजार वन्द

नियम पालना गर्दै, नगरपालिकाद्वारा तोकिएको स्थानबाट मात्रै पाईने

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २३ आइतबार
tarkari.png

रुपन्देही ।  कोरोना भाईरस रोकथाम तथा नियन्त्रणलाई उच्च सर्तकता अपनाउँदै, सरकारले आह्वान गरेको खाद्यान्न एंव कुनै सामाग्री किनमेल गर्दा निश्चित मापदण्ड पुरा गर्नुपर्ने भनिएपनि तर बुटवलमा रहेको कृषि उपज थोक वजार केन्द्रमा उक्त नियम लागु नभएको गुनासो वढेपछि केही दिन अगाडि त्यहाँ वाक्लो रुपमा स्थानीय प्रशासन परिचालन गरेर किनमेल गर्ने भनियो तर त्यो हुन सकेन अन्नत– कृषि उपज थोक वजार केन्द्र सुचना जारी गर्दै वन्द गरिएको छ ।   

कृषि उपज थोक वजार केन्द्र सञ्चालक समितिले यही चैत २३ गते देखि २५ गते सम्म थोक वजार केन्द्र वन्द गर्ने एक सुचना जारी गरी प्रवेश गेटमा सुचना टाँस गरि जनाएको हो । केन्द्रमा देखिने भिडले कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिम वढेको भन्दै केहि दिन अगाडि बुटवल उप–महानगरपालिकाका नगरप्रमुख र स्थानीय प्रशासनको विशेष सुरक्षा एंव निश्चित समय सम्म खोल्ने र केन्द्रलाई सञ्चालनमा ल्याउने भनेर लागेपनि तर अन्त्यमा दुवै निकायले नसकेर वन्द गर्न पुगेका छन् ।

यस्तै शनिवार (हिजो) कृषि उपज थोक वजार केन्द्र सञ्चालक समिति, बुटवल उप–महानगरपालिका र स्थानीय प्रशासनको संयुक्त रोहवरमा उक्त थोक वजारलाई ३ दिन सम्म वन्द गर्ने निर्णय भए संगै एक सुचना जारी गरी आम उपभोक्ताहरुलाई जानकारी गराईएको कृषि उपज थोक वजार केन्द्र सञ्चालक समितिका अध्यक्ष घनश्याम भुसालले वताएका छन् ।
 
त्यस्तै अध्यक्ष भुसालका अनुसार केन्द्रमा तरकारी तथा फलफुल जन्य पदार्थहरुको अभाव नरहेको वताउँदै, स्थानीय उपभोक्ताहरुलाई तरकारी किनमेलका लागि बुटवल उप–महानगरपालिकाद्वारा तोकिएका स्थानहरुबाट खुल्ला राखिएको जनाउँदै, तर वाह्य जिल्लाहरुबाट तरकारी लिन आउने ग्राहकहरुले स्थानीय प्रशासनको सिफारिस ल्याएर आएमा तरकारी उपलब्ध गराईने वताए ।

यसैविच उप–महानगरपालिकाले सामाजिक दुरी कायम गराउन गरेको पटक–पटकको आग्रह समेत अटेरी गरेकाले यही चैत २५ गते सम्मका लागि कृषि उपज थोक वजार केन्द्र बन्दलाई केही दिन गर्न निर्देशन दिएको बुटवल उप–महानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले जनाएका छन्. ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ