arrow

५०० वर्ष कसरी बाचे रूसी राष्ट्रपति पुटिन ?

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
russian-president-putin-1.jpg.jpeg
एजेन्सी। सामाजिक सञ्जालमा पछिल्लो  समय  रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको उमेरको समाचार भाइरल भइरहेको छ। भनिन्छ, पुटिन विश्वमा कम्तिमा पनि ५०० वर्ष देखि फरक-फरक रुपमा रहे। सो समचारलाई पुष्टी गर्न अलग-अलग तस्वीर समेत पोप्ट भए। जसमा उनको तुलना मोनालिसाको पेन्टिंग र रूसी सैनिकसँग गरिएको छ।
 
मोनालिसाको दुईवटा तस्वीरसँग पुटिनको एउटा तस्वीर राखेर भनिएको छ,-'कसरी उनको अनुहार मोनालिसाको तस्वीरसँग मिल्छ ?।' साथै सन् १९२० र १९४१ को क्रममा रूसी सैनिकसँग उनको अनुहारको चर्चा गरिएको छ। त्यसमा तीन फोटो एकै ठाउमा राखिएको छ। जहाँ दुई जना रुसी सैनिक र अर्को पुटिनको तस्वीर छ । ती दुबै तस्वीर पुटिनको भएको उल्लेख छ।
 
 के हो सत्यता ?
६३ वर्षको उमेरमा पनि राष्ट्रपति भ्लादिमिर पुटिन घोड्सवारी र कयौ प्रकारका कठिन व्यायम गर्दछन्। पुटिनलाई उनका समकालीन वैश्विक नेताहरु मध्ये सबभन्दा फिट मानिन्छ। जो आफ्नो स्वास्थ्यलाई लिएर धेरै सजग छन्। डिसक्लोज टिभिले पुटिनको भाइरल भएको यी तस्वीरको विषयमा शोध गरेको छ। शोधका अनुसार सैनिकको रुपमा देखाइएको उनको तस्वीर इजिप्टका एक जनरलको हो। त्यस्तै दोस्रो तस्वीर भने फोटोशपको माध्यमबाट बनाइएको हो। तर यी तस्वीरहरु सबैभन्दा पहिले कहाबाट अपलोड गरियो भन्ने खुलेको छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ