arrow

कोरोना र हृदयघातका कारण अमेरिकामा ४ नेपालीको मृत्यु

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
ajaya-chhochan.gif

काठमाडौं। कोरोना संकमणबाट दिनदिनै सयौं नागरिकले ज्यान गुमाइरहेका बेला अमेरिकामा थप ४ नेपालीको मृत्यु भएको छ।

अमेरिकाबाट जनसम्पर्क समिति अमेरिकाको न्ययोर्क च्याप्टरका सभापति रोशन ढुंगानाले नेपाली समुदायका सदस्यहरु एकैपटक निधनको खबरले नेपाली समुदाय दुखिद भएको बताए।  

स्थानिय समय अनुसार शनिवार राती १० देखि ११ बजेको समयमा नेपालीहरुको मृत्युको खबर समुदायमा आएको ढुंगानाले जानकारी दिए। 

नेपाली समुदायमा अत्यन्तै घुलमिल रहँदै आएका अजय छोंचन सहित थोक्मे बिष्ट, सोनाम लामा,  निमा टेम्बा शेर्पाको शनिवार निधन भएको उनले जानकारी दिए। 

कोरोनाको इपीसेन्टरको रुपमा रहेको अमेरिकाको न्यूयोर्क क्वीन्सको ज्याक्सनहाइट अवस्थित एलमोस्ट अस्पतालमा उपचार गराएका निमातेम्वा शेर्पाको कोरोनाकै कारण निधन भएको हो। कोरोनाको इपिसेन्टर रहेको सोहि अस्पतालमै यसअघी अनिल लिम्बुको पनि निधन भएको थियो। नेपालीहरु अमेरिकाको न्यूयोर्कमा ठूलो संख्यामा रहँदै आएका छन्। 

कोरोनाको लक्षण देखिएर सोहि अस्पतालमै भर्ना भए पनि रिपोर्ट नेगेटीभ आएका अजय छोंचनको चाहि हृदयघातबाट निधन भएको छ। निमोनिया भएर अस्पताल भर्ना भएका छोंचनको आइतवार डिस्चार्ज हुनु अघी हृदयघातबाट निधन भएको हो। 

सोहि अस्पतालमै उपचार गराउन गएका सोनाम लामा चाहि घरमै रहेर उपचार गर्न अस्पतालको सल्लाह पछि घर आए पनि उनी शनिवार घरमै  मृत्यु भएको हो। उनको कोरोना नै होकी अन्य कारणले पुष्टी हुन बाँकी छ। 

मुटुको विरामी पनि रहेका बिष्टको पनि अस्पतालले घरमा गएर आराम गर्नु भनेपछि घरमा रहेकै बेलामा निधन भएको हो। थप एकको पनि मृत्यु भएको कुरा आएको छ तर पुष्टी भने भएको छैन। 

नेपालीहरुले उपचार गरेको एलमोस्ट अस्पतालमा नर्सहरुले मास्क समेत नपाइ उपचार गर्न परेको समाचारहरु सार्वजनिक भएका छन्। न्यूयोर्कका गभर्नरले न्यूयोर्कवासीलाई मास्क भए अस्पताललाई दान दिन आग्रह गरेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ