arrow

कपिलवस्तु गुगौलीका आगलागी पीडितलाई कांग्रेस भातृ संस्थाले दिए राहत सामग्री

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ चैत २३ आइतबार
raha.JPG

कपिलवस्तु । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ विपदको बेला पनि राहत वितरणमा जुटेका छन् । नेपाल तरुण दल कपिलवस्तु र नेपाल विद्यार्थी संघ क्षेत्र नं. १ कपिलवस्तुले विजयनगर गाउँपालिकाको गुगौलीमा शुक्रबार लागेको आगलागी प्रभावितलाई राहत वितरण गरेका हुन् ।

लक डाउनको समयमा सामान किन्न तथा अन्य क्षेत्रबाट सहयोग पाउन समय लाग्ने भन्दै मानवीयताको लागि तत्काल राहत वितरण गरिएको तरुण दलका सभापति शक्ति सिंह ठकुरीले बताए ।

गाउँमा नै पुगेर २५ घरपरिवारलाई केही दिनको लागि दिनचार्य गर्न पुग्ने अति आवश्यक खाद्यान्न वितरण गरिएको ठकुरीले बताए । चामल, दाल, नुन, चिउरा, तेल लगायतका साम्रगी गाउँमा नै पुगेर वितरण गरिएको नेपाल विद्यार्थी संघका क्षेत्रिय सभापति चन्द्रकान्त पोख्रेलले बताए ।

राजनीति भनेको भष्ट्रचार र उच्च ओहदामा पुग्नु नभइ विपद व्यवस्थापन र जताको सुख दुःखमा काम गर्ने सेवा भएकोले तत्काल आगलागी प्रभावितको लागि राहत कार्यक्रम लिएर गाउँमा पुगेको पोख्रेलले बताए ।

राहत पाएपछि केही दिनको लागि हातमुख जोर्न सहज भएको भन्दै वितरण गर्ने संस्थालाई स्थानीय प्रभावित काशिराम यादवले बताए । वितरण स्थलमा नेपाली कांग्रेसका नेता अजय थापा, गोविन्द थापा, जानकी यादव , राजेश उपाध्याय, तरुण दलका सचिव अमर पौडेल, क्षेत्रिय सभापति तिलक थापा लगायतको उपस्थिती रहेको थियो ।

नेपाली कांगे्रसका जिल्ला सभापति सुरेन्द्रराज आचार्यले गरिव र विपन्न र असाहयमा परेकाको सहयोग गर्नु पार्टीको सिद्धान्त भएकोले युवाशक्ति र तरुण विद्यार्थीलाई कोरोना सक्रमणबाट वचाउन र राहत वितरणमा लाग्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ