arrow

जुम्लाको चन्दननाथमा एक करोड र कनकासुन्दरी गाउँपालिकामा ५५ लाखको राहत कोष

logo
प्रकाशित २०७६ चैत २३ आइतबार
jumla-corona-fund.jpg

जुम्ला। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागी जुम्लाको चन्दननाथ नगरपालिकाले एक करोड र कनकासुन्दरी गाउँपालिकाले ५५ लाखको राहत कोष खडा गरेको छ। राहत  कोषमा लक्षित बर्गको २७ लाख, समपुरक कोषको ६० लाख र अन्य श्रोतको १३ लाख गरी एक करोडको राहत कोष खडा गर्ने निर्णय भएको चन्दननाथ नगरपालिका वडा नं ५ का अध्यक्ष अर्जुन सिंह कठायत(गोल्डेन)ले जानकारी दिएका छन।

उक्त राहत कोषमा नगर भित्रका कर्मचारिको एकदिनको तलब र जनप्रतिनिधिको २ पटकको भत्ता जम्मा गरिने जनाईएको छ। राहत सामग्री खरिदका लागि उपप्रमुखको संयोजकत्वमा खरिद समिति गठन गरिएको छ। तत्काल राहत सामग्री नगरबासीलाई बाँडिने र कोभिड-१९ को संक्रमण नगरबासी कोहीलाई भईहाले सम्पुर्ण खर्च चन्दननाथ नगरपालिकाले बेहोर्ने नगर प्रमुख कान्तिका सेजुवालले बताईन।

आजै यहाँको कनकासुन्दरी गाउँपालिकाले पनि ५५ लाखको राहत कोष खडा गरेको छ। गाउँपालिका भित्रका गरिब बिपन्न र मजदुरी गरि खाने घरपरिबारलाई नुन, चामल लगायतका खाद्य सामग्री बाँड्न कोरोना रोकथामका लागि सो रकम खर्च गरिने कनकासुन्दरी गाउँपालिकाका स्वास्थ्य संयोजक दामोदरप्रसाद आचार्याले जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ