arrow

उत्तर कोरियाले फेरि क्षेप्यास्त्र परीक्षण गर्दैछ : दक्षिण कोरियाली राष्ट्रपति

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
park-gain.jpg.jpeg
सोल। दक्षिण कोरियाली राष्ट्रपति पार्क गेन हाइले उत्तर कोरियाले फेरि पनि अर्को पटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको बताएकि छन् । उत्तर कोरियाले पुनःअर्को ब्यालेस्टिक परीक्षण गर्ने तयारी गरिरहेको आशङ्का यसअघि पनि त्यहाँका सञ्चारमाध्यमले व्यक्त गरेका थिए । 
 
यसअघि पनि उत्तरको यस्तो आशङ्काका कारण राष्ट्रपति पार्क गेउन हाइले सेनालाई उच्च रुपमा सतर्क रहन निर्देशन दिएको समाचारमा जनाइएको थियो । उत्तर कोरियाले पुनः अर्को शक्तिशाली आणविक परीक्षण गर्नसक्ने सङ्केत प्राप्त भएको दक्षिण कोरियाली सञ्चारमाध्यमले जनाएका छन् । ती सञ्चारले दिएको जानकारी अनुसार उत्तर कोरियाले शुक्रबारै यस्तो परीक्षण गर्ने जनाएका छन् । 
 
गएको केही समययता आणविक परीक्षणका कारण विवादमा पर्दै आएको उत्तर कोरियाले फेरिपनि अर्को मध्यमदुरीको परीक्षण गर्न लागेको सूचना प्राप्त भएको दक्षिण कोरियाली राष्ट्रपति हाइले मङ्गलबार सोलमा जम्मा भएका सम्पदकहरुसँग बताए । उत्तर कोरियाले अब अर्को पाँचौ पटक आणविक परीक्षण गर्ने तयारी पूरा गरेको सूचना आफूले पाएको बताए । 
 
उत्तर कोरियाका विरुद्धमा पछिल्लो समयमा अमेरिका तथा संयुक्त राष्ट्रसङ्घले नै लगाएको नाकाबन्दीका विरुद्ध फेरि उसले केही हप्तामात्र अघि अर्को परीक्षण गरेको थियो । उत्तर कोरियाले दुई हप्तामात्र अघि पनि यस्तै व्यालेस्टिक परीक्षण गरेको र त्यसअघिको तयारी थाहा पाएको भन्दै यतिखेर पनि उसले गरेको तयारीको बारेमा थाहा भएको सञ्चारमाध्यमले जनाएका छन् । 
 
उत्तर कोरियाले गएको फेब्रुअरी ६ मा गरेको लामो दुरीको रकेट परीक्षणपछि पनि फेरि उत्तर कोरियाले अर्को व्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको बताइएको छ । गत महिना मात्र अघि संयुक्त राष्ट्रसङ्घले उत्तरका विरुद्धमा नाकाबन्दी गरेको थियो । सो नाकाबन्दी उसका विरुद्धको अहिलेसम्मकै सबैभन्दा ठूलो रहेको पनि जनाइएको थियो । 
 
पछिल्लो समयमा उत्तर कोरियाले एकपछि अर्कोगरी क्षेप्यास्त्र परीक्षण गर्दै गएपछि यसका कारण उत्तर र दक्षिण कोरियाकाबीचमा निकै ठूलो तिक्तता छाएको बताइन्छ । यस परीक्षणका कारण कोरियाली प्रायद्वीपमा नै ठूलो तनाव उत्पन्न हुदै आएको छ । यसले गर्दा विश्वको क्षेत्रीय राजनीतिमा पनि नयाँ ढङ्गले सोच्न थालिएका समाचारहरु प्राप्त भइरहेका छन् । एएफपी 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ