arrow

सुस्तामा लागू औषध सहित एक पक्राउ

logo
रबिन्द्र यादव,
प्रकाशित २०७६ चैत २३ आइतबार
drugs.jpg

नवलपरासी पश्चिम। नवलपरासी पश्चिमको कुडिया प्रहरी चौकीले चेकजाचको क्रममा आइतबार सुस्ता गाउँपालिका-३ शान्तिटोलबाट लागू औषध सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुस्ता गाउँपालिका- २ बस्ने बर्ष ३९ का रगंलाल गुप्ता रहेका छन्। गुप्ताबाट प्रहरीले ८ वटा अनरेस, १४६ पीस नाइट्रोभेट, ५७६ वाइन स्पोन र ९ पिस आइपील सहित भारतीय युपी ५७ आर ८२७१ नम्बर प्लेट भएको मोटरसाइकल संगै नगद २३ हजार रुपैयाँ समेत बरामद गरेको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ।

गुप्ताको मोबाइलको अधारमा थप दुई जनालाई पक्राउ गरि अनुसंधान भइरहेको प्रहरीले जनाएको छ। अहिले तिनै जनालाई इलाका प्रहरी कार्यालयमा राखिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ