arrow

रुपन्देहीमा कोरोनाको परिक्षण ल्याव सञ्चालनमा, आईतवार एउटा स्वाव परिक्षण 

logo
नारायण वली, 
प्रकाशित २०७६ चैत २३ आइतबार
corona-lab-province-5.jpg

रुपन्देही। प्रदेश नं.५ का मुख्यमन्त्री शंकर पोखरेलले आईतवार प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरिक्षण गरेका छन्। रुपन्देहीको भैरहवास्थित राष्ट्रिय गहुँ बाली कार्यक्रम परिसरमा स्थापना गरिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाको निरीक्षण गरी प्रयोगशालामा भईरहेको काम बारे जानकारी लिएका हुन्।

प्रदेश–५ का सामाजिक विकास मन्त्री सुदर्शन बराल, सामाजिक विकास सचिव गोपीकृष्ण खनाल र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुख डा. राजेन्द्र कुमार गिरीले प्रयोगशालाको अवस्थाका बारेमा मुख्यमन्त्री पोख्रेललाई जानकारी गराएका थिए।

निरिक्षणका क्रममा मुख्यमन्त्री पोख्रेलले कोरोना भाइरस प्रयोगशालालाई जति सक्दो छिटो सञ्चालन गरी कोरोना भाइरसको स्वाव परिक्षण गर्न निर्देशन दिएका थिए। मुख्यमन्त्री पोख्रेलले सामाजिक विकास मन्त्रालयका सचिव र प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त प्रमुखलाई आरटी पिसिआर मेसिन तत्काल खरिद प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएको वताईएको छ।

कोरोना भाईरसको सत्यतथ्य रिर्पोट निकाल्न आरटी पिसिआर मेसिन भरपर्दाे हुने भएकाले उक्त मेसिनको शिघ्र व्यवस्थापन गर्न अनुरोध गरिएको थियो। अहिले प्रयोगशालामा नेपाल सरकारबाट प्राप्त पिसिआर मेसिन भएकाले सोही मेसिनबाट कोरोना भाइरसको जाँच गर्न लागिएको सामाजिक विकास मन्त्री सुर्दशन बरालले जानकारी दिएका छन्।

रुपन्देहीको भैरहवास्थित गहुँ बाली अनुसन्धान कार्यक्रम परिसरमा सञ्चालित कोरोना विशेष अस्पतालबाट आईतवारदेखि कोरोना भाईरस परिक्षण ल्याव केन्द्र सञ्चालनमा ल्याईएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त कार्यालय प्रमुख डा. राजेन्द्र कुमार गिरीले जानकारी दिएका छन्। 

त्यस्तै मेसिन जडान कार्य सकिएको भन्दै डा. गिरीले आईतवारबाटै कोरोना भाईरस स्वाव परिक्षण कार्य शुरु गरिएको जनाए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ