arrow

न्यूयोर्कमा शेर्पा जिउँदै, अस्पतालको गलत सूचनाले तनावमा रहेको परिवारमा राहत

स्वास्थ्य लाभको कामनाको लागि दाजु ल्हाक्पा युला शेर्पाले गरे आग्रह

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
sherpa-death-fake-informati.gif

न्यूयोर्क। कोरोना संकमण भएका निमा टेम्बा शेर्पाको मृत्युको बारेमा परिवारलाई जानकारी गराएको न्यूयोर्क क्वीन्सको ज्याक्सनहाइटमा अवस्थित एलमोस्ट अस्पतालले एक दिनपछि उनी जीवित रहेको जानकारी परिवारलाई गराएको छ।

कोरोनाको उपचारका क्रममा शुरुमा अस्पतालले दिएको जानकारीका आधारमा परिवार पीडामा परेको दाजु ल्हाक्पा युला शेर्पाले बताए। शनिवार अस्पतालले भाइको बारेमा नराम्रो खबर दिएपछि धार्मिक विधी अनुसार पूजापाठ गरि श्रद्धाञ्जली सन्देश पनि सामाजिक सञ्जालमा राखिएको उनले प्रष्ट पारे। तर आइतवार अस्पतालमा सम्पर्क गर्दा अस्पतालले भाइको मुटुको चाल अझै रहेको जानकारी गराएपछि भने आफूहरु फेरि भाइको स्वास्थ्य लाभको कामना गरेर बसेको दाई ल्हाक्पा युला शेर्पाले बताए। सबै जानकारी अस्पतालमा मात्र भर पर्नुपर्ने भएका कारण आफूहरुले पाएको सूचना अनुसार समुदायमा पनि गलत जानकारी प्रवाह भएकोमा दाजुले दुख व्यक्त गरेका छन्। 

शेर्पाले शनिवार भाइको निधनको खबर आफन्त र अमेरिकाको नेपाली समुदायलाई पनि गराएका थिए। नेपाली समुदायले त्यो जानकारी समुदायमा राखे पछि विभिन्न नेपाली सञ्चार माध्यममा समाचार समेत आएको थियो।

विरामीको बारेमा सबै जानकारी अस्पतालमै भर पर्नु पर्ने भएकोले यस्तो असहज अवस्था सिर्जना भएकोमा दाई ल्हाक्पा युला शेर्पाले क्षमा मागेका छन्। सामाजिक सञ्जालमा एक पोष्ट राख्दै उनले गलत सूचनाको आधारमा भाइको बारेमा श्रद्धाञ्जली र परिवारलाई समवेदना दिनेहरुलाई उनले भाइको स्वास्थ्य लाभको कामनाका लागि आग्रह गरेका छन्।  

अस्पतालको यो घटनाले कोरोनाको इपीसेन्टरको रुपमा रहेको न्यूयोर्कको एलमोस्ट अस्पतालको अवस्था बताउने एक स्थानिय नेपालीले बताए। 

शनिवार नेपाली समुदायका अजय छोंचन, थोक्मे बिष्ट दाजु, सोनाम लामा र निमा टेम्बा शेर्पाको शनिवार निधन भएको खबर आएको थियो। 

कोरोनाको इपीसेन्टरको रुपमा रहेको अमेरिकाको न्यूयोर्क क्वीन्सको ज्याक्सनहाइट अवस्थित एलमोस्ट अस्पतालमा शेर्पाको अहिले पनि कोरोनाकै उपचार भइरहेको छ। कोरोनाको इपिसेन्ट रहेको सोहि अस्पतालमै यसअघी अनिल लिम्बुको पनि निधन भएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ