arrow

अव्यवस्थित क्वारेन्टाइनका कारण कोरोनाको जोखिम बढ्दै

logo
दीपेन्द्र बस्नेत,
प्रकाशित २०७६ चैत २४ सोमबार
quarentine-kailali.jpg

बेल्डाँडी । कोभिड १९ कोरोना भाइरसको न्युनिकरणका लागि कञ्चनपुरको बेल्डाँडीमा स्थापना गरिएको क्वारेन्टाइनमा देखिएको ब्यबस्थापन अभावका कारण संक्रमणको जोखिम बढेको देखिएको छ ।अहिले अधिकाँस स्थानीय तहहरुले आबश्यक पुर्व तयारी बिनै क्वारेन्टाइन बनाउने होडबाजी चलेपछी संक्रमणको जोखिम घटाउन न्युनतम मापदण्ड बिनै स्थापना गरिएका क्वारेन्टाइन असुरक्षित देखिएका छन् ।

बेल्डाँडी गाउँ पालिकाले रौलेश्वर जनता आदर्श बहुमुखी क्याम्पसको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा न्युनतम सजगता समेत  राखिएको छैन । क्याम्पसको माथिल्लो तलामा स्थापना गरिएको क्वारेन्टाइनमा २ महिला र १० पुरुष गरि १२ जना भारतबाट आएकाहरुलाई राखिएको छ । क्वारेन्टाइनमा राखिएका ब्यक्तिहरु सामाजिक दुरी कायम नगारी संगै तास खेल्ने र  एक आपसमा सहजै घुलमिल गरि रहेकाले संक्रमणको जोखिमको बढेको छ ।

क्वारेन्टाइनमा राखिएका ब्यक्ति हरु समुहमा बस्ने गर्दा संक्रमणको खतरा बढेको छ। क्वारेन्टाइनको तल्लो तलामा रहेको एउटै शौचालय र स्नानघर सबैले प्रयोग गरि रहेका छन् । 

क्वारेन्टाइनमा बसाइएका हरुले सामाजिक दुरी कायम नराखेको साँचो भएको बेल्डाँडी गाउँ पालिकाका स्वास्थ्य संयोजक माधवानन्द भट्टले बताए । उनले भने "हामीले प्रयास गर्दा गर्दै पनि क्वारेन्टाइनमा बस्नेहरु मर्यादित बन्न सकेनन । " उनले भने- हाम्रो श्रोत साधनका आधारमा ब्यबस्थित बनाउन खोजे पनि नसकिएको हो ।" एउटा स्वास्थ्यकर्मीका नाताले क्वारेन्टाइनमा बस्नेहरुलाई सम्झाए पनि नमान्ने गरेको संयोजक भट्टले बताए । 

क्वारेन्टाइनमा बसेका हरु समुहमै बस्ने मास्कको सहि प्रयोग नगर्ने र दुरी कायम नगरेको देखिएपछी संक्रमणको जोखिम बढेको जानकारहरु बताउछन् ।

क्वारेन्टाइनमा राखिएका हरु र सुरक्षाकर्मीहरुका निम्ति शौच र स्नानका लागि स्थान अपुग भएकाले गाउँ पालिकाले अस्थायी शौचालय र स्नान घर निर्माण गरेको बेल्डाँडी गाउँ पालिका अध्यक्ष धनबहादुर थापा क्षेत्रीले बताए । स्थानीय तहले कोरोनाको संक्रमण नफैलियोस भनेर क्वारेन्टाइनमा राखिएको हो । र क्वारेन्टाइनमा रहनेहरुले पनि मर्यादित बन्नु पर्ने हो त्यसो हुन नसकेको अध्यक्ष थापा क्षेत्रीले बताए ।

उनिहरुको स्वास्थ्य परिक्षण गर्न महेन्द्रनगर बाट डाक्टरको टोलि भोलि बेल्डाँडी पुग्ने अध्यक्ष थापाक्षेत्रीले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ