arrow

प्रदेश–५ मा कोरोना ट्रयाकिंग इन्फर्मेशन सिस्टम सञ्चालन

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २४ सोमबार
tracking.jpg

रुपन्देही ।  कोरोना भाइरस (कोभिड–१९) को प्रदेश स्तरीय सूचना संकलन गर्न प्रदेश–५ ले मोबाइल एप बनाएर सञ्चालनमा ल्याएको छ । (कोभिड–१९) ट्य्राकिङ इन्फर्मेशन सिस्टम’ नामको एप इन्ड्रोइड फोनको प्ले स्टोर र एप्पलको एप स्टोर दुवैमा उपलब्ध रहेको प्रदेश नं. ५ को मुख्यमन्त्री कार्यालयले जनाएको छ । 

सो एपको माध्यमले प्रदेश भित्र रहेका गाउँ देखि शहर सम्मका सुचनाहरुलाई सहजै रुपमा वाहिर ल्याउन सक्ने विश्वास लिईएको छ ।  साथै सो एपले कोरोना भाईरसको लक्षण देखिएका शंकास्पद बिरामीहरुको विवरण र स्थान संकलन गर्ने जनाईएको छ । जसले गर्दा त्यस्ता बिरामीहरुको पहिचान गरी नमूना परीक्षण गर्न सहज हुने मुख्यमन्त्रीको कार्यालय बुटवलले जानकारी दिएको छ ।

छिमेकी मुलुक भारत र अन्य वाह्य देशहरु बाट आएर क्वारेन्टाइनमा नबस्ने र टोल छिमेकीमा कोरोना भाईरसको शंकास्पद लक्षण देखिएका व्यक्तिहरुको विवरण अन्य व्यक्तिहरुले पनि उक्त एप मार्फत् जानकारी गर्न सकिने जनाईएको छ । जसले गर्दा उनीहरुलाई निगरानी गर्न सहयोग पुग्ने मुख्यमन्त्रीको कार्यालय द्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । यसैविच आफू र टोल छिमेकका कसैमा कोरोना भाइरस सम्बन्धी लक्षण देखिए एप मार्फत् जानकारी गराउन पनि प्रदेश सरकारले सवैमा आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ