arrow

कांग्रेस नेताहरुसँग जनसम्पर्क समितिका अमेरिकाका नेताहरुको संवाद, कोरोनामा केन्द्रीत

logo
बिष्णु सुवेदी,
प्रकाशित २०७६ चैत २४ सोमबार
congress-meeting-2019.jpg

न्यूयोर्क। अहिले कोरोना भाइरस कोभीड १९ ले संसारलाई आक्रान्त बनाइराख्दा शक्ति सम्पन्न राष्ट्र अमेरिका पनि अछुतो रहेन। अमेरिका संसारको सबैभन्दा प्रभावित देश हुन पुग्यो। त्यसमा पनि न्यूयोर्क राज्य अझै बढी प्रभावित भयो । 

यसैबीच नेपालीहरूको परिस्थिति कस्तो छ, कसरी बसिरहनु भएको छ भन्ने बारेमा चिन्तित भई नेपाली कांग्रेसका महामन्त्री डा शंशाक कोईरालाले हामीसंग सम्पर्क गर्नुभयो । त्यसपछि नेविसंघका पुर्व महामन्त्री बैज्ञानिक डा यादव पण्डित, नेविसंघका पुर्व केन्द्रीय सदस्य डा केशब पौडेल, महासमिति सदस्यहरू हरिवोल भण्डारी, बिष्णु सुवेदी, महाधिवेशन प्रतिनिधिहरू प्रमोद सिटौला, हेमराज भट्ट,  माया कडायत लगाएत तरूण नेता अनन्तराज सुवेदी, विधार्थी नेता प्रभात सापकोटा, च्यापटर सभापति विश्वराज बास्तोला, अमेरिकाका विभिन्न राज्यका च्याप्टर सभापतिहरू लगायत अरू उपलब्ध साथीहरू र महामन्त्री डा शशांक कोईराला बीच कन्फेरेन्सकल वैठक सम्पन भयो। 

कन्फेरेन्स बैठकमा सहभागीहरूले न्यूयोर्क लगायत अमेरिकाको विभिन्न राज्यहरूको अवस्था र हालसम्म दिवंगत भएका नेपालीहरूको वारेमा अवगत गराइएको थियो। त्यस पश्चात अमेरिकाको न्युयोर्क लगायत विश्वभरिबाट दिवंगत भएका नेपालीहरूप्रति दुख व्यक्त गदै नेपालीहरूलाई परेको समस्याप्रति गम्भीर भई महामन्त्री कोइरालाले आफु पनि तपाईहरुसँगै रहेको र भोलि नै प्रधानमन्त्रीलाई भेटी अमेरिका लगायत विश्वभरि रहेका नेपालीहरूले भोगेका सबैखाले समस्याहरू अवगत गराउँछु भन्नुभयो ।  

त्यसैगरि नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले अमेरिकामा नेपालीहरूलाई परि आउने समस्यासँग आफु गम्भीर भएको र अमेरिकाको न्यूयोर्क लगायत विश्वभर दिवंगत हुनु भएका नेपालीहरूप्रति दुख व्यक्त गर्दै म आफु पनि यो समस्यामा तपाईहरु सँगसँगै रहेको भन्दै आश्वस्त पार्नुभयो। नेपालीहरूले भोगेका समस्याहरूका बारेमा के गर्न सकिन्छ प्रधानमंत्री मन्त्रीहरुसग सल्लाह र छलफल गर्दछु भन्नुभयो । 
यहि सिलसिलामा नेपाली कांगेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अमेरिका लगाएत विश्वभरि रहेका नेपालीहरूको पीरमर्कासँग आफु पनि सँगै रहेको र अमेरिकाको न्यूयोर्क र विभिन्न देशमा दिवंगत भएका नेपालीहरूप्रति दुख व्यक्त गर्नुभयो। पौडेलले तपाईहरू देश बाहिर बस्ने नेपालीहरूको समस्याप्रति आफु गम्भीर रहेको र तपाईहरू यस्तो अबस्थामा घरबाट बाहिर ननिस्कन सल्लाह दिनु भई तपाईहरू देश बाहिर बस्ने नेपालीहरूको समस्यालाई कसरी संवोधन गर्न सकिन्छ सरकार, प्रधानमन्त्रीसँग छलफल गरि कार्यान्वयन गर्न आवश्यक थप पहल गर्ने बताउनु भयो । 

त्यस्तै नेपाली कांगेसका उपसभापति विमलेन्द्र निधिले अमेरिकाको न्यूयोर्क लगाएत विभिन्न देशमा दिवंगत हुनु भएका नेपालीप्रति दुख व्यक्त गदै विश्वभरि छरिएर रहेका नेपालीहरूलाई परि आएको समस्याप्रति दुख व्यक्त गदै आत्मवल दरिलो वनाई आफ्नो घरमा सुरक्षित रुपमा बस्नका लागी सबैलाई आव्हान गर्नुभयो । 
महामन्त्री पुर्ण बहादुर खड्काले अमेरिकाको न्यूयोर्क लगायत विभिन्न देशमा दिवंगत भएका नेपालीहरूप्रति दुख व्यक्त गदै अमेरिका लगायत संसारभरि रहेका नेपालीहरूको अवस्थाका बारेमा आफु चिन्तित भएको बताउनुभयो। श्री पशुपतिनाथले सबैको रक्षा गर्ने कामना समेत गरि उहाँले सबै नेपालीहरूलाई दुख सुख गरि आफ्नै घरमा सुरक्षित तरिकाले वस्न आवाहन गर्नुभयो। 

पुर्वमहामन्त्री प्रकाशमान सिंहले पनि हामीसँग फोन सम्पर्क गरि नेपालीहरूको अवस्था र सरकारी लेवलबाट भए गरिएका पहल र कार्यहरूको जानाकारी लिई अमेरिकाको न्यूयोर्क लगाएत विभिन्न देशमा दिवंगत भएका नेपालीहरूप्रति दुख व्यक्त गदै अमेरिका लगाएत विश्वभरि छरिएर रहेका नेपालीहरूलाई परेको समस्यामाप्रति आफु पनि सँगै रहेको जानकारी गराउनुभयो ।

यसैगरि सहमहामन्त्री डा प्रकाश शरण महत, प्रवक्ता विश्वप्रकाश शर्मा, पुर्व महामन्त्री कृष्ण प्रसाद सिटौला, केन्द्रीय सदस्यहरू डा शेखर कोईराला, अर्जुन नरसिंह केसी,  डा रामशरण महत, सुजाता कोईराला सुरेन्द्र पाण्डे, सरिता प्रसाई, दीपक गिरि, अर्जुन जोशी, नविन्द्र राज जोशी, नरहरि आचार्य, डा मिनेन्द्र रिजाल, बालकृष्ण खाँड़, गोविन्द भट्टराई,  रमेश लेखक, ज्ञानेन्द्र बहादुर कार्की, कमला पन्त, धनराज गुरूङ, रोमी गौचन, जीवन परियार, ह्दयराम थानी, डीना उपाध्याय, एन पी साउद, चन्द्र भण्डारी, शंकर भण्डारी, गगन थापा, दिलेन्द्र बडु, प्रदिप पौडेल, गुरू घिमिरे, उमाकान्त चौधरी, संजय गौतम, देव तिमिल्सिना, कांग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य , तरूण दलका अध्यक्ष जीतजग वस्नेत नेविसघका पुर्व अध्यक्ष महेन्द्र शर्मा, रन्जीत कर्ण, युवा नेता प्रगतिमान रज्जित, भरत तिवारी र नेपाली कांग्रेसका नेत्री मृदुला कोईराला समेतले अमेरिका लगाएत विश्वभरि दिवंगत हुनु भएका नेपालीहरूप्रति दुख व्यक्त गदै नेपालीहरूलाई कोरोना भाइरसका कारण परेको समस्याप्रति आफुहरू गम्भीर रहेको बताउनुभयो। यस परिस्थितिमा आ-आफ्नो घरमा बसी सुरक्षित रहन विश्वभरि छरिएर रहेका नेपालीहरूलाई उहाँहरुले आव्हान समेत गर्नुभयो । यि सबै संवादहरुमा नेपाली संघ संस्था र आआफ्नो तवरबाट नेपाली समुदायमा भए गरिएका सामुदायिक कार्यहरू र सहयोगको बारेमा जानकारी गराईएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ