arrow

रियो पुग्ने १ दौडमा २ : ‘कस्ले भन्यो ? गौरिका छोडेर सोफिया’

यसमा हामी कसैको स्वार्थ लाग्दैन : अध्यक्ष बज्राचार्य

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
gaurika-&-sofia.jpg.jpeg
काठमाडौंं। १२औं दक्षिण एसियाली खेलकुदमा नेपालको उपस्थितिलाई लिएर विभिन्न टिका टिप्पणी भइरहँदा ब्राजिलमा हुने रियो ओलम्पिकमा सहभागि हुने खेलाडीबारे समेत अनेक अड्कलवाजी हुन थालेका छन्। को सहभागि हुन पाउँछन्, पाउँदैनन् भन्नेबारे अहिले चर्चा सुरु भएको छ। 
 
यस्तै, पौडीमा समेत नेपालको सहभागिता र को रियो पुग्ने भन्ने विषय निकै खड्कीरहेको छ। यद्यपि, अन्तर्राष्ट्रिय पौडी महासंघले मान्यता दिएका छनोट खेलमा हालसम्म नेपाली पौडिवाज एवं साग पदकधारी गौरिका सिंह फर्ममा छिन्। 
 
तर, गौरिकाको रियो पुग्ने यात्रामा अवरोध हुन सक्ने भन्दै कतिपयले चिन्ता जनाएका छन्। यद्यपि, नेपाल पौडी संघले भने छनोटमा आफुहरु कसैको हात नरहने भन्दै जसको टाइमिङ बढी छ उही सहभागि हुने प्रस्ट्याएको छ। आगामी अगस्त ५–२१ (साउन २१ देखि भदौ ५) सम्म ब्राजिलमा हुने रियो ओलम्पिकमा पौडीबाट एक जनाले मात्रै सहभागिता जनाउन पाउने छन्। 
 
सहभागि हुनेमा हालसम्म दुई गौरिका सिंह (१३) र शोफिया शाह (१७) को नाम चर्चामा छ। यी दुई मध्ये एकले रियोमा सहभागिता जनाउने छन्। हालसम्म पौडीको बरियता हेर्ने फेडरेशन इन्टरनेशनल डे नातासिओन (फिना) को मूल्याङ्कनका आधारमा गौरिका सिंहको बलियो सम्भावना छ । फिनामा गौरिकाको ६ सय ४८ अंक हुँदा शोफियाको ६ सय ८ अंक छ। 
 
नेपाल पौडी संघका अध्यक्ष अशोक बज्राचार्यले समेत पौडी यीनै दुई जनाको चर्चा रहेको सुनाए। उनले भने, ‘गौरिका र शोफियाको टाइमिङ राम्रो छ, यो अन्य खेल जस्तो, हुँदैन टाइमिङ खेल भएकाले यसमा जसले बढी टाइमिङ सुधार गर्न सक्यो उही छनोट हुने हो।’ हालसम्मको क्वालिफाइङ्ग हेर्दा गौरिकाको प्रदर्शन राम्रो छ।
 
तपाईहरुले पहिलो नम्बरमा सोफियालाई राखेको भन्ने आरोप छ ? जवाफमा बज्राचार्यले भने, ‘यी कुरा कसले भन्यो, कसरी आए केही बुझ्न सकिएको छैन, तर अन्तर्राष्ट्रिय पौडीसंघको नियमानुसार जसले टाइमिङ राम्रो गर्न सक्यो उसैलाई उनीहरुको छनोट टिमले छान्ने हो, मैले चाहँदैमा र कसैले चाहँदैमा यसमा केही लाग्दैन।’ यसरी गतल बुझ्नु भएन । पौडीमा टाइमिङ हेर्ने हो, अनि पोइन्ट्सको पनि महत्व हुन्छ। उनले आफुहरु समन्वयकर्ता मात्रै भएको भन्दै कोही कसैको आग्रह पूर्वाग्रह नलाग्ने प्रस्ट्याए। 
 
यद्यपि, गौरिका समर्थकहरुले गौरिकालाई सहभागि नगराउने खेल भइरहेको आरोप लगाएका छन्। उनीहरुले गौरिकाले कम उमेरमै नेपाली पौडीका लागि ठूलो सफलता दिलाएको र प्रचुर सम्भावना देखाएको जिकिर गरेका छन्। उनीहरुले पौडीसंघले सोफिया पहिलो प्राथमिकतामा राखेर बाहिर ट्रेनिङमा पठाउने गरेको र गौरिकालाई महत्व नदिएको सुनाए।
 
बैंकक, दुवैलगायतका स्थानमा भएका क्वालिफाइङङ्गमा भने गौरिकाले राम्रो गरेको पौडी संघले जनाएको छ। राष्ट्रिय कीर्तिमान बनाउँदै आएकी सोफिया केही अंकले पछि परेकी छन्। उनले सागमा आफ्नो राष्ट्रिय कीर्तिमान सुधार गरेपनि पदक जित्न सकिनन्। भारतको गुवाहाटीमा भएको १२औं दक्षिण एसियाली खेलकुद सागमा गौरिकाले पौडीमा नेपाललाई पहिलो ऐतिहासिक पदक दिलाउँदा व्यक्तिगत चार वटा पदक हासिल गरिन्। पदकविहिन रहेको पौडीलाई उनले कांस्य हुँदै रजत दिलाईन्।     
 
सागमा उनले महिला २ सय मिटर व्यक्तिगत मिड्लेमा रजत जितिन् । ४०० मिटर फ्रिस्टाइल, १०० मिटर ब्याकस्ट्रोक र २०० सय मिटर ब्याकस्ट्रोकमा उनले कांस्य जितेकी थिइन्। एउटै खेलको विविध विधामा उनले कीर्तिमान राख्दै नेपाललाई सफलता दिलाइन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ