arrow

'बेबी डल' गायिका कनिका कपुरले जितिन कोरोनालाई

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
kanika-kapoor.jpg

काठमाडौं। बलिउडमा बेबी डल गायिकाको नाममा चर्चित कनिका कपुर कोरोना भाइरसलाई हराएकी छिन्।

१७ दिनसम्म अस्पतालमा उपचारमा रहि कनिकाले कोरोनालाई हराएकी हुन्। १७ दिनअघी कोरोना पोजेटीभ देखिएकी कनिका लखनउस्थित एक अस्पतालमा भर्ना भएकी थिइनI

१७ दिनको अस्पताल बसाइमा ४ वटा टेस्ट पोजेटीभ आएपनि पछिल्ला २ वटा टेस्ट नेगेटीभ आएपछि उनलाई डीस्चार्ज गरि घर पठाइएको हो।

बेलायत भ्रमणबाट मुम्बई फर्किए लगत्तै लखनउ आएकी कनिका त्यहाँ केहि पार्टी र भेटघाटमा रहेपछि उनलाई भाइरस संक्रमण भएको पत्ता लागेपछि उनको सो समयमा आलोचना व्यापक भएको थियो।

उनको संगतमा आएका धेरैले आफूलाई सेल्फ क्वारेन्टाइनमा राखेपनि अधिकांशमा कोरोना नेगेटीभ देखिएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ