arrow

जितेन्द्र र हेमा मालिनीको विवाह भाड्नलाई प्रेमिका लिएर पुगेका थिए धर्मेन्द्र

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
when-a-drunk-dharmendra-landed.jpg

काठमाडौं । जितेन्द्रलाई बलिउडका दिग्गज अभिनेता मनिन्छ ।  चलचित्रमा आउनुभन्दा पहिले जितेन्द्रलाई रवि कपुरको नामबाट चिनिन्थे । उनलाई यो नाम वी शान्तारामले दिएका हुन् ।

कुनै समय हेमा मालिनीसँग विवाह गर्न चहाने बलिउडका जम्पिङ जेक भनिने जितेन्द्रले आफ्नो अभिनय र डान्सिङ स्टाइलबाट लाखौ दर्शकको मन जिते ।

हेमा मालिनीलाई धर्मेन्द्र बाहेक जितेन्द्र र संजीव कुमार पनि मन पाउथे साथै विवाह गर्न चाहान्थे। सो समय जितेन्द्र र हेमा मालिनीले विवाह गर्ने निर्णय लिएको र उनिहरु चेन्नई पुगेको खबरहरु फैलिएका थिए ।  

जितेन्द्रको वर्तमान पत्नी शोभासँग पनि रोमान्स चलिरहेको थियो । यो थाहा पाएसँगै धर्मेन्द्रले शोभालाई लिएर मद्रास पुगेका थिए ।  त्यहाँ जितेन्द्र र हेमा मालिनी अघि शोभाले हंगामा मचाइन् जसकारण जितेन्द्र र हेमाको विवाह हुन सकेन । पछि धर्मेन्द्रले हेमामालिनीसँग विवाह गरे ।

हेमा मालिनीसँग धर्मेन्द्रको विवाह

 सन् १९८० मा हेमा मालिनीको धर्मेन्द्रसँग विवाह तनावका बिच भएको थियो । धर्मेन्द्रले हेमासँग विवाह आफ्नो जेठी श्रीमति प्काश कौरकी छोरीको विवाह भइसकेपछि गरेका थिए । सो समय सनी देवल बलिउडमा पाइला राख्ने तयारीमा थिए ।

हेमा मालिनी र धर्मेन्द्र दुवैका परिवार यस विवाहको विरुद्धमा थिए । सनी देवल त पिताको यो कदमलाई लिएर निकै दुखि बने । तर धर्मेन्द्रले अन्ततः विवाह गरेरै छाडे ।

देवल परिवारमा प्काश कौर र हेमा मालिनी बिचको सम्बन्ध त चिसिने नै भयो ।  साथै जेठीका छोराहरु सनी, बबी देवल र हेमा मालिनीका छोरीहरु इशा, अहानाबीचको  सम्बन्ध पनि असामान्य बन्यो । अहिलेसम्म यी दुई भाइले आफ्नी सौतेली आमाका विषयमा पनि खुलेर कुरा गरेका छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ