arrow

कोरोनाको आशंकामा गाउँलेले वडाध्यक्षलाई नै हाले क्वारेन्टाइनमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ चैत २४ सोमबार
dhanusha-final.png

धनुषा ।  छिमेकी मुलुक भारतबाट फर्केका धनुषाका एक  वडाध्यक्षलाई स्थानीयको दबाबमा क्वारेन्टाइनमा भर्ना गरिएको छ  ।

आइतवार भारत विहारको मधुवनीवाट आएका धनुषा जनकनन्दनी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष भोगेन्द्र पाठकलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा भर्ना गरिएको हो  ।

 पाठक भारतवाट फर्केपछि त्रसित भएका स्थानीयले इलाका प्रहरी कार्यालय खजुरीमा वडाध्यक्ष  भारतबाट आएको खवर गरेका थिए ।  खजुरीका प्रहरी निरीक्षक देवेन्द्र रोकायाले उनलाई क्वारेन्टाइनमा राख्नुपर्ने विषयमा गाउँपालिका अध्यक्षसँग छलफल गरेका थिए ।

एक जना स्थानीयका अनुसार कतिपय नेताहरुले वडाध्यक्ष पाठकलाई क्वारेन्टाइनमा बस्न नपर्ने बताएका थिए  तर गाउँलेको  दबाब दिएपछि सोमबारदेखि  वडाध्यक्ष पाठकलाई प्रहरी निरीक्षक रोकायाले क्वारेन्टाइनमा बस्न सुझाव दिएका छन ।

त्यसपछि पाठकले  जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ स्थित उच्चमाध्यमिक विद्यालय खजुरीमा स्थापना गरिएको क्वारेन्टाइनमा भर्ना भएका हुन् ।

  वडाध्यक्षसँगै उक्त क्वारेन्टाइनमा भर्ना हुनेको संख्या ९ पुगेको हो। गाँउपालिकाले त्यहाँ २० वेडको क्वारेन्टाइन निर्माण गरेका छ्न। भने क्वारेन्टाइनमा वडाध्यक्ष बाहेक यस अघि ८ जना खाडी मुलु्क र भारतबाट फर्केकाहरु रहेका  छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ