arrow

हुप्सेकोटमा राहत बितरणमा पनि बिबाद, गाउँपालिकाको खाद्य गोदाममा नेकपाको ताल्चा

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
hupsekot-gaupalika.gif

नवलपुर। विश्वभर कोरोना भाईरस (कोभिड १९)को महामारीले सन्त्रास फैलाएको छ । कोरोना भाईरस नेपालमा पनि दोस्रो चरणमा प्रबेश गरिसकेको अवस्थामा नेपाल सरकारले लकडाउनलाई थप प्रभाबकारी गराउन र भाईरसको रोकथामको लागि विभिन्न योजनाहरु अख्तियार गर्ने क्रम जारी छ । 

देशमा जारी लकडाउनले मजदुरी गरि जीवन चलाउने अति बिपन्न समुदायको दैनिकीनै समस्यामा परेका बेला विभिन्न स्थानिय तहले राहत बितरणका कार्यक्रम जारी राखेका छन्। तर नवलपुरको हुप्सेकोट गाउँपालिकामा भने राहत बितरणको समयमा पनि सधै झैं बिबाद देखिएको छ । यहाँ राहत बितरणका लागि लगत संकलन गर्ने भने अनुसार अति बिपन्नको लगत त संकलन गरियो तर बितरण भने अन्यौलमा परेको छ । राहत बितरणका लागि चैत्र २१ गते उपाध्यक्ष स्वतन्त्र कोपिला मल्लको नेतृत्वमा रहेको खरिद समितिको बैठक बसेर खाद्यान्न खरिदका लागि ३ दिने कोटेसन आव्हान गरिएको थियो ।

उक्त समितिमा गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखा प्रमुख कृष्ण सापकोटा सदस्य सचिब र उद्योग संघका जिल्ला सदस्य पिताम्बर कोईराला सदस्य रहेका छन् । आव्हान गरेको कोटेसन अनुसार सुबास एन्ड सन्दिप जनरल स्टोर्स र अनिमा आरोग्य खाद्य स्टोरले कोटेसन दिएका थिए । उनिहरुको कोटेसन परिसकेपछी चैत्र २३ गते खाद्य खरिद समितिको बैठक बसेर लेखा शाखाको समन्वय तथा आपसी सल्लाहमा कम मुल्यमा कोटेसन परेको ब्यापारिक संस्थानबाट खाद्य सामाग्री खरिद गर्ने निर्णय गरिएको समितिका सदस्य सचिब कृष्ण सापकोटा बताउँछन । 

कोटेसन स्वकृतिको २४ घन्टा भित्र खाधान्न सामाग्री उपलब्ध गराउने प्रतिबद्धता अनुसार सुबास एन्ड सन्दिप जनरल स्टोर्सबाट खाद्य सामग्री गाउँपालिकामा ल्याईएको समितिका सदस्य सचिब कृष्ण सापकोटाले बताए । गाउँपालिकामा ल्याईएको खाद्य सामाग्री गाउँपालिकाको भवनमा राख्ने बेलादेखि नै नेकपाका केही कार्यक्रताले अबरोध गरेको र गाउँपालिकाका स्वास्थ्य शाखाका कर्मचारीमाथी अभद्र व्यवहार गरेको बुझिएको छ । त्यतिबेला सापकोटा फिल्डमा खटिएका थिए उनले स्थितिको जानकारी लिईसकेपछी अध्यक्ष तथा उपाध्यक्षलाई खबर गरेको र अबरोध एबं अभद्र व्यवहार गर्नेहरु उपाध्यक्ष मल्लले फोन गरेपछि त्यहाँबाट हिडेको जानकारी पाएको सापकोटाको भनाई छ । नेकपा हुप्सेकोटले खाद्यान्न खरिद बिना सल्लाहमा गरिएको भन्दै अनियमितताको आरोप लगाएको छ भने खाद्य सामाग्री राखेको कोठामा तालाबन्दी गरेको छ । जसका कारणले राहत बितरणमा झन अन्यौल थपिएको छ । 

के हो बिबादको चुरो ?
यहाँ प्रमुख प्रशासकिय अधिकृतका रुपमा आएका ज्ञान प्रसाद पनेरुको हाजिरी र नयाँ खाता संचालनको विषयमा सहमति नहुँदा बिबादको सृजना भएको हो । अति बिपन्नको लगत संकलन गरिसकेपछी गाउँपालिकास्तरिय कोरोना महामारी बिपद ब्यवस्थापनको बैठक बस्यो । बैठकमा नेकपाका तर्फबाट निर्बाचित जनप्रतिनिधि तथा सहभागिहरुले पनेरुलाई हाजिरी गराउने र खाता संचालन गरेर मात्र खाद्य सामाग्री खरिद प्रक्रिया अगाडि बढाउनुपर्ने माग राखेका थिए । बिपतको समयमा सबैलाई समेट्नुपर्ने भन्दै गाउँपालिकाले सर्बदलिय बैठक समेत डाकेको थियो । नेकपाले सर्बदलिय बैठकमा पनि सोही माग राखेको तथा अन्य दलले बिपदको बेला भएकाले राजनैतिक विषयको रुपमा परिणत भएको पनेरुको हाजिरीलाई यो बेला जोडनु उचित नभएको बताएका थिए । बिपदको बेला मजदुरी गरि खाने अति बिपन्नको दैनिकीनै अप्ठ्यारोमा परेको समयमा तत्काललाई लेखा शाखाले ब्यवस्थापन गर्ने गरि नेकपा हुप्सेकोट संसदिय दलकी नेता समेत रहेकी गापा उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ल संयोजक रहेको खाद्य खरिद समितिले २१ गते नै खाद्य सामाग्रीको खरिदको लागि कोटेसन आव्हान गरेको र ब्यापारिक संस्थाले निबेदन दिए अनुसार नै न्यून दररेट रहेको ब्यापारिक संस्थाबाट सामान गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मी देबि पाण्डे बताउँछिन् । तत्कालको लागि विश्व नै आक्रान्त रहेको महामारीबाट सृजित समस्या समाधाननै गाउँपालिकाको पहिलो प्राथमिकता रहेको पाण्डेको भनाई छ । 

नेकपा बाहेकका दलहरु एकै ठाउँ
राहत बितरणमा जुन किसिमको अबरोध भो त्यसलाई हटाउन र बिपन्नलाई चाडो भन्दा चाडो खाद्य सामाग्री बितरण गर्न गाउँपालिकामा रहेका नेकपा बाहेकका दलहरुले हुप्सेकोट गाउँपालिका एबं नेपाल सरकारसँग माग गरेका छन् । हुप्सेकोटमा अस्तित्वमा रहेका नेकपा बाहेकका दलहरुले विश्व नै महामारीमा रहेको बिषम परिस्थितिमा पनि राजनैतिक विषयलाई प्रसय दिएकोप्रती गम्भीर आपत्ति जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ