arrow

क्यान निलम्बनको भोली पल्टै नेपाली क्रिकेट टिमलाई आइसीसीको निम्तो

logo
प्रकाशित २०७३ वैशाख १४ मंगलबार
netharlands-&-nepal.jpg.jpeg
काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले नेदरल्याण्ड्ससंग खेल्ने चौथो चरणमा खेल साउन २९ र ३१ गते हुने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसी ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार आगामी साउन २९ र ३१ (अगस्त १३  र १५) मा एम्टेलभिन क्रिकेट मैदानमा हुने छ । 
 
‘होम एण्ड अवे’का आधारमा संचालन भइरहेको च्याम्पियनसिपको खेलमा नेपालले अंक तालिकाकोको शीर्षस्थानमा रहेको नेदरल्याण्डसंग अवे खेल खेल्न लागेको हो  । केही दिन अघि मात्रै होम ग्राउण्डमा भएको तेस्रो चरणको खेलमा नामिवियाविरुद्ध स्पष्ट जित हासिल गर्दै नेपाल पुछारबाट पाँचौ स्थानमा उक्लिएको छ । नामिवियालाई जित्नुअघि चार खेल हारेको नेपालको जम्मा चार अंक छ । शीर्ष चारमा पर्ने नेपालको भाग्यरेखा भने नेदरल्याण्ड्ससंगको भीडन्तले तय गर्ने छ ।  
 
विश्व क्रिकेट लिगको खेल खेल्नु अघि नेदरल्याण्ड्सले अफगानिस्तानसँग इन्टरनेशनल कप खेल्ने भएकाले नेपाल दबाबमा हुनेछ । नेपाललाई क्रिकेट व्यवस्थापनकै संकट परेको बेला आइसीसीले तालिका सार्वजनिक गरेको छ ।  
 
आइसीसीले नेपाल क्रिकेट संघ क्यानलाई निलम्बन गरेको भोलिपल्टै खेल तालिका सार्वजनिक गरेको हो । आइसीसीले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा नभए सम्म कुनै पनि आर्थिक सहायता नदिने भएको छ । अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन दिएपनि आर्थिक सहयोग रोकेपछि नेपाली टिम व्यवस्थापनमा समस्या हुने देखिएको छ । जसका लागि सरकार र सरोकारवालाहरु गम्भीर हुनुपर्ने देखिएको छ । 
 
विश्व क्रिकेट लिगको अंक तालिकामा शीर्ष स्थानमा रहेको नेदरल्याण्ड्सको १० अंक छ । नेदरल्याण्ड्सले हाल सम्म खेलेका ६ मध्ये ४ मा जित हात पारेको छ भने दुई खेल बराबरी गर्दै अंक बाँडेको छ । ९ अंक बटुलेको हङकङ दोस्रो तथा ७ अंक भएको स्कटल्याण्ड तेस्रो स्थानमा छ । ६ अंक रहेको केन्या चौथो स्थानमा रहँदा नेपाल पाँचौ स्थानमा छ । 
 
नेपाललाई हराएको र नेपाल बराबर ४ अंक बटुलेको पपुवान्यूगिनी छैटौं स्थानमा छ । समान २–२ अंक रहेका नामिविया र युएई सातौं र आठौं स्थानमा छन् । सन् २०१७ सम्म चल्ने च्याम्पियनसिपका शीर्ष चार टोलीले सन् २०१८को विश्वकप क्रिकेट छनोट खेल खेल्न पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ