arrow

२२ हजार बिपन्न पविारलाई राहत दिने तयारी , १० पालिका लागे राहत वितरणमा 

कपिलवस्तुमा करिव ६  करोड बढीको राहत कोष

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ चैत २४ सोमबार
kapilvastu.png

कपिलवस्तु । विश्वमा फैलिएको  कोरानो सक्रमणको  समयमा सरकारले  लग डाउन  गरेपछि उक्त समयमा विपन्न तथा ज्यालादारी खानेहरुको  लागी समस्या परेपछि  जिल्लामा हालसम्म ५ करोड ६४ लाखको राहत कोष स्थापना गरिएको छ ।

सो रकम  जिल्लाका १० वटै पालिकाले बनाएको राहत कोष हो । सो कोषबाट २२  हजार बिपन्न पविारलाई राहत बाडन लागिएको हो । लगातार दुई साता देखि जारी लक डाउनका कारण बिपन्न परिवार मारमा परे पछि उनीहरुलाई राहत दिन कपिलवस्तुमा पालिकाहरुले धमाधम राहत कोष खडा गरेका छन । राहत बितरणका लागि जिल्लाका १० वटै पालिकाले कोष खडा गरेर राहत बितरण कार्यबिधि बनाएका छन ।  

सबै पालिकामा बिपन्न पविारको लगत संकलन भई सकको छ । एक दुई दिन भित्र राहत बितरण गर्ने गरी पालिकाहरुले तयार गरेका जनाएका छन ।  केही पालिकाहरुले राहत वितरण कार्य सूरु पनि गरिसकेका छन् ।  पालिकाले तय गरेको कोषमा नजी क्षेत्र तथा अन्य गैर सरकारी निकायहरुलाई सहयोग गर्नको लागी पालिकाहरुले सबैलाई अपिल समेत गरेका छन् । 

पालिकाहरुले  राहत वितरण कार्यको लागी खरिद तथा बितरण समिति समेत बनाएका छन ।  कपिलवस्तु नगरपालिका र बिजयनगर गाउपालिकाले एक एक करोडको राहत कोष खडा गरेका छन । कपिलवस्तु नगरपालिका मेयर किरण सिंहले ५ हजार बिपन्न पविारलाई राहत दिने गरी तयारी गरिएको बताए । बिजयनगरका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भटराइका अनुसार १ करोडको राहत कोष स्थापना भएको छ । विजयनगरले राहत दिने मजदुरको विवरण पनि टुंगो लगाएको छ । त्यहा ८ सय ७४ जना दैनिक काम गरेर खाने मजदुरहरु रहेको विवरण आएको अध्यक्ष गोपाल वहादुर थापाले बताए । 

बुद्धुभुमी नगरपालिकाले  ७५ लाखको बिपद ब्यबस्थापन कोष खडा गरेको हो । नगर भित्र भेटिएका कोराना संक्रमितलाई उपचार ,विपन्न मजदुरलाई राहत र क्वारेन्टाईन बसेकाहरुलाई खान बस्ने लगायतका सुबिधाका लागि यो कोष खर्च हुनेछ ।  विपन्नको रोजीरोटी ,कोरोना संक्रमित र उसको परिवारलाई उपचार खाना, गाडी लगायतका खर्चलाई मध्य नजगर गर्दै यस्तो निर्णय गरिएको नगर प्रमुख केशव कुमार श्रेष्ठले बताए । 

२ हजार ८सय ५० बिपन्न परिवारलाई राहत दिईने उनले बताए ।  त्यस्तै   कृष्णनगर नगरपालिकाले ७२ लाखको विपत कोष खडा गरेको छ । मेयर रजत प्रताप शाहका अनुसार २५ सय परिवारलाई राहत वितरण गर्ने गरी तयारी भएको छ । उपप्रमुख शवनम खातुनको संयोजकत्वमा कोष संचालन हुनेछ । यता शिवराज नगरपालिकाले ६३ लाखको नगरस्तरीय प्रकोप व्यवस्थापन कोष खडा गरेको छ । नगर प्रमुख नेत्रराज अधिकारीले १६ सय जनालाई पहिलो चरणमा राहत प्रदान गनिरे बताए । राहत बितरणकालागि नगर उप प्रमुख शिव कुमारी थारुको संयोजकत्वमा ७ सदस्यीय समिति मसेत गठन गरिएको छ ।   

त्यस्तै महाराजगंज नगरपालिकाले ५५ लाखको राहत कोष खडा गरेकोछ । सोहि कोष मार्फत नगरले वितरण शुरु गर्ने नगर प्रमुख अव्दुल कलामले बताऐ । नगरले २ हजार २ सय लाई  राहत वितरण गर्ने गरि लगत संकलन कार्य शुरु गरेको छ । प्रत्येक वडाबाट २ सय गरिब मजदुरको लागत संकलन गरि ११ वटै वडामा राहत दिने कार्यको योजना वनाएको नगरले जनाएको छ ।

कपिलवस्तुको वाणगंगा नगरपालिकाले पहिले देखि विपद ब्यवस्थापन कोषमा रहेको १९ लाखवाट काम अधि बढाएको छ आवश्यकतानुसार निर्णय गरेर यो कोषमा १ करोड सम्म पुराइने तर प्रारम्भीक चरणमा पुरानै कोषको रकम खर्च गर्ने उपमेयर एवम कोषका संयोजक चक्रपाणी अर्यालले बताए ।  मायादेवि गाउपालिकाले ४० लाखको कोष खडा गरेर राहत वितरण समेत शुरु गरेको अध्यक्ष बजरंप्रसाद कुर्मीले बताए । उनले कोष आवश्यक्ताअनुसार बढाइने बताए ।

 प्रमुख प्रशासकीय अधिकृत जनकराज पन्थीले ८ सय जनालाई राहत प्रदान गर्ने बताए ।  शुद्धोधनले पनि १० लाख रकम राखेर कोरोना संक्रमण नियन्त्रण कोष खडा गरेको छ । यो कोष सानो छ आवश्यक्तानुसार कार्यपालिकाले निर्णय गरेर विस्तार गर्न अध्यक्ष निसार अहमद खाँले बताए । उनले ७ सय ५० जनालाई राहत दिने बताए । 

उता यशोधरा गाउपाकिाले ३० लाखको कोष खडा गरेको प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकालले बताए । गाउपालिका प्रमुख गिरुजिशे कुमार पाण्डेयले १२ सय जनालाईए राहतन दिने गरी कार्य अघि बढाइएको बताए । केही वडाले राहत दिने काम अघि बढाई सकेको उनले बताए । सबै पालिकाहरुले चामल, दाल तेल नुन लगातयतका सामाग्रीहरु दिने जनाएका छन ।

 यता जिल्ला प्रशासन कार्यालयले स्थानीय तहबाट राहत विरण भएको जानकारीको लागी स्थानीय तह अनुसार दैनिक प्रतिवेदन दिन कार्यालयमा सम्पर्क व्याक्ती तोकेको छ । फेरी वैशाख ३ गते सम्म लग डाउन थपिएपछि यो रकम र उल्लेखीत सख्यामा राहत दिएर नपुग्ने स्थानीय सरोकारवाला हरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ