arrow

ग्रामिण क्षेत्रका विपन्न परिवारलाई शिवम् सिमेन्ट्सद्वारा खाद्यान्न वितरण 

logo
प्रकाशित २०७६ चैत २४ सोमबार
shivam-cement-corona-relief.jpg

काठमाडौं। नोबेल कोरोना भाईरस (कोभिड-१९) को महामारीले सृजित लगडाउनका कारण बिपन्न परिवारका समस्यालाई सहज बनाउन शिवम् सिमेन्ट्स लिमिटेडले ग्रामीण क्षेत्रका विपन्न परिवारमा खाद्यान्न वितरण तथा क्वारेन्टाइनका लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको छ।

शिवम् सिमेन्ट लिमिटेडले मकवानपुर स्थित उद्योग परिसर वरीपरी रहेका हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरुसंगको समन्वयमा ३ सय ८० घर परिवारलाई खाद्यान्न वितरण सम्पन्न गरेको बताएको हो। यसका साथै मकवानपुर गढी गाउँपालिकामा क्वारेन्टाइनका लागि १० वटा आइसोलेसन बेड बनाउन आर्थिक सहयोग गरेको जनाएको छ।

यस लक डाउनबाट दैनिक ज्यालादारी गरी गुजारा गर्ने तल्लो तहका नागरिक र तिनका परिवार सबैभन्दा पिडित हुने र दैनिक हातमुख जोर्न नै कठिन हुने अवस्था भएकोले यस क्षेत्रका उक्त परिवारहरुको दैनिकी सहज होस् भनि खाद्यान्न वितरण गरिएको कम्पनीले जनाएको छ। आगामी दिनहरुमा समेत स्थानीय तहसंगको सहकार्यमा सहयोगको कार्यलाई निरन्तरता दिने उद्योग प्रमुख नवल किशोर चौधरीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ