arrow

कोरोना आशंकामा स्वाव निकालियो, परिक्षण नहुँदै बिरामीको मृत्यु

logo
मणि प्रसाद गैह्रे,
प्रकाशित २०७६ चैत २४ सोमबार
death-body-new.jpg.jpeg

कपिलवस्तु। कोरोना आशंकामा कपिलवस्तु अस्पतालको आइसोलेशनमा उपचाररत बिरामीको मृत्यु भएको छ । सोमवार सांझ ८ बजे बिजयनगर गाउँपालिका– २ जलैयाका ३० बर्षीय गोवर्धन भरको मृत्यु भएको अस्पतालका मेसु डाक्टर किशोर बन्जाडेले जानकारी दिए ।

भरको मृत्यु के कति कारणले भएको हो कपिलवस्तु अस्पतालले पुष्टि गरिसकेको छैन । उनि गाउँमै खेती किसानी गर्ने गरेको स्थानीयले बताएका छन्। १ हप्तादेखी विरामी भएका उनीलाई पहिलो पटक बहादुरगजंको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरेको २ दिन पछि निको नभएपछि चन्द्रौटा लगिएको थियो। 

चन्द्रौटाबाट थप उपचारको लागि वुटवल लान भनिएपनि परिवारले आर्थिक समस्याको कारण नजिक पर्ने भन्दै जिल्ला अस्पताल  तौलिहवा ल्याएको थियो ।

अस्पतालमा भर्ना गरिएका भरको स्वाव र रगत परिक्षणका लागि मंगलवार पठाउने तयारी थियो। यहिबीच विरामी भरको राति नै मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मृतकको  स्वाव परिक्षणका लागि भैरहवा पठाउने तयारी गरेको बताइएको छ । उनी गम्भिर विरामी भएपछि कोरोनाको आशंकामा कपिलवस्तु अस्पताल भर्ना गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ