arrow

किरण !

logo
सुदिप रेग्मी, 
प्रकाशित २०७६ चैत २५ मंगलबार
sudip-regmi.jpg

देशको भाग्य बदल्नुछ
मलाई बदल्नु छ
यो समय र समाज
मै बदलिए मात्र बदलिन्छ भन्ने थाहा छ
तर सबैभन्दा कठीन यही छ ।
 
सबैका लागि सबै होला
तर मेरा लागि को होला ?
यो आम प्रश्न हो
र काव्यमा पनि यही भाव छोपेर
म कविता लेखिरहेछु ।
 
टाढाको सुनको
के अर्थ
ल्हासामा सुन छ काम मेरो बुच्चै
तर मसँगै सुन जुटाउने काम
मैले नै गर्नुपर्छ
र उदाउनुपर्छ सुनौलो किरण
मभित्र मेरै कामले ।
 
आज म अलिकति
दुःखमा छु
तर त्यही दुःखमा घाम आउनुपर्छ
सुखद किरण छरेर ।
मलाई सबैभन्दा मन पर्ने
मेरो साथी
सधैँ कचकच गर्छ
र भन्छ घाम लागेन सुखको ।
 
टाढा छ सुख
र टाढै छ मेहनतको
पहाड र यात्राको गन्तव्य
एक दिन टिपौँला 
घाम
र 
चुमौँला 
मधुरो किरण ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ