arrow

भारतको महाराजगञ्जमा कोरोना संक्रमण, नवलपरासी पश्चिमको मुल नाकामा निगरानी बढाइयो

logo
रबिन्द्र यादव, 
प्रकाशित २०७६ चैत २५ मंगलबार
sasastra-sima-nabalparasi-p.jpg

नवलपरासी पश्चिम । कोरोना भाइरस (कोभिड–१९)  का संक्रमितहरु छिमेकी राष्ट्र भारतको महाराजगञ्ज जिल्लामा पनि बढेपछि उक्त जोखिमलाई कम गर्न नवलपरासी पश्चिमको भारतसंग जोडिएको मुल नाकाहरुमा नेपाल प्रहरी र शसस्त्र प्रहरीलाई परिचालन गरि निगरानी बढाइएको छ ।

छिमेकी राष्ट्र भारतको महाराजगञ्ज नवलपरासी पश्चिम जिल्ला सिमानासँग जोडिएको जिल्ला हो र उक्त जिल्ला हुँदै भारतबाट लुकी छिपी भारतिय नागरिकहरु,भारतबाट कमाएर घर फिर्ता हुने नेपाली नागरिकहरुको बढ्दो आवतजावत हुने गर्छ । 

त्यो क्षेत्रमा ६ जना संक्रमित भएका छन् । सीमाको छेउँछाउँमा बसेका नेपाली र भारतीय नागरिकहरुले खाद्यान्न सामग्रीहरु नेपाल भारत कारोबार हुने जनगुनासो बढेपछि सिमामा सुरक्षाकर्मी तैनाथ गरि मानिसहरुको नेपाल भारतबाट आवातजावत मात्र नभइ सामग्रीहरु ल्याउनका लागि पनि पूर्ण रुपमा रोक लगाएको छ ।

जिल्लाका मुल नाकाहरु महेशपुर भन्सार, भुजहवा, झुल्निपुर, गुठिप्रसौनी, पकलिहवा र सुस्तामा सशस्त्र प्रहरी र नेपाल प्रहरीको निगरानी बढेको हो । 

भारतबाट ब्यक्ति तथा आयात हुने खाद्यान्न लगायतका सामग्रीबाट कोभिड १९ कोरोना भाइरसको संक्रमण नेपालमा सर्ने र एक किसिमको माहामारी रुप लिन सक्ने उच्च जोखिम हुन सक्ने संभावनालाई न्युनिकरण गर्नका लागि सशस्त्र र नेपाल प्रहरी चौबिसै घण्टाको लागी १ सय मिटरको फरकमा करिब १ किलोमिटरको दूरीमा सशस्त्र प्रहरीको अस्थायी पोष्ट राखी सुरक्षाकर्मी परिचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नं।२६ गण हेडक्वाटरका गणपति भरत खनियाले जानकारी दिएका छन् ।

साथै सुस्ता क्षेत्रमा नारायणी नदी भएको कारणले मानिसहरु र खाद्यान्न सामग्रीहरु डुङ्गाको माध्यमबाट नारायणी नदी पार गरि नेपाल प्रवेश गर्ने जनगुनासो र बढ्दो चुनौतीको बिषय बन्न थालेपछि नारायणी नदी लगायत सुस्ताका मुख्य मुख्य नाकाहरुमा ३ वटा सशस्त्र प्रहरीको अस्थाइ पोष्ट राखेर बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन गरेको र केही स्थानिय तस्करहरुले नेपाल भारत सामग्री ओसारपोसार गर्ने बाटोमै अस्थायी पोष्ट राखिएको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक सुमन अधिकारीले बताए ।

उनका अनुसार सिमा क्षेत्रमा बस्ने केही स्थानिय तस्करहरुले रातीको समयमा भारतबाट सरसमान खरिद गरेर खेत र आलीको बाटो प्रयोग गरि नेपाल प्रबेश गराएको खाद्यान्न सामग्री र किराना सामग्रीलाई खानतलास गरि इलाका प्रहरी कार्यालय बेलाटारी र शसस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठिप्रसौनीको सक्रियतामा करिब ५० हजार बराबर रकमको सुस्ता ५ पकलिहवाबाट बरामद गरेको सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट गुठिप्रसौनीका सशस्त्र प्रहरी निरीक्षक अधिकारीले बताए ।

नाकामा बाक्लो रुपमा सुरक्षाकर्मी परिचालन भएपछि केही स्थानिय तस्करहरुको दिन गए पनि स्थानियबासीहरु सुरक्षाको अनुभुति गर्दै हर्षित भएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ