arrow

बलिउड स्टारको पारिवारीक इतिहास जुन धैरैलाई छैन थाहा

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
shetty.jpg.jpeg

एजेन्सी । बलिउडमा धेरै चर्चीत हस्तीहरु छन्  जसले चलचित्रलाई आफ्नो पुर्खोली पेशाका रुपमा अगाडि बढाए । यस मध्ये बलिउडमा सधै चर्चाका केन्द्रहरुको बारेमा तपाई हामीलाई थाहा नै छ । जस्तै बलिउडमा कपूर परिवार, सिन्हा परिवार,खान परिवार, बच्चन परिवार आदी । तर यस्ता बलिउमा अनुहार पनि छन् जसलाई कमै मात्र दर्शकहरुले तिनको पारिवरिक सदंस्य हो भनेर चिन्दछन् । आज हामी तपाईलाई यस्तै अनुहारको बिषयमा बताउन गईरहेका छौ ।
 
रोहित सेठ्ठी / एमबी सेठ्ठी
 ‘चेन्नई एक्सप्रेस’,'दिलवाले' जस्ता चर्चीत फिल्मका निर्देशक  रोहित सेठ्ठी  एमबी  सेठ्ठीका छोरा हुन् । एमबी सेठ्ठी ९० दशकका अभिनेता । उनले धेरै चलचित्रमा भिलेनको भमिकामा अभिनय गरे । एमबी सेठ्ठीले 'यादो की बारात', 'डन', 'त्रिशूल', 'फकीरा', 'कालीचरण', 'शंकर दादा' जस्ता चर्चीत चलचित्रमा बेजोड अभिनय गरेका छन् ।

अमजद खान / जकारिया खान
'सोले' चलचित्रमा गब्बर सिहंको भुमिका निर्वाह गरेका अभिनेता तथा निर्देशक अमजद खानका जयन्त (जकारिया खान)का छोरा हुन् । जयन्त पनि बलिउडमा जानकार नाम मध्येका एक हुन् । उनले  बलिउडका थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेका छन् । 

किरण कुमार / विवन कुमार
अभिनेता किरण कुमार बलिउडमा ६० दशकका चर्चीत अभिनेता जीवन कुमारका छोरा हुन् । जिवन १९५० मा आएको पौराणिक चलचित्रमा नारदमुनिको भुमिका निर्वाह गरेका थिए । साथै   किरण कुमारका बुवा जीवन  बलिउडका  चर्चीत भिलेन समेत हुन् ।

अनीता राज / जगदीश राज
सन् १९८० कि  चर्चीत अभिनेत्री अनीता राजका बुवा जगदीश राज हुन् । जगदीशले बलिउडमा अलग-अलग भुमिका निभाएर गिनिज बल्ड रेकर्डमा  आफ्नो नाम राख्न सफल भएका छन् ।

फरहान अख्तर / हनी ईरानी
बलिउडमा 'लक्ष्य','डन','डन २', जस्ता चर्चित चलचित्र निर्देशक फरहान अख्तर हनी ईरानीका छोरा हुन् । ईरानीले 'सिता अर गिता','अमर प्रेम' जस्ता चलचित्रमा अभिनय गरिसकेकि छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ