arrow

कक्षा ११ र १२ को परीक्षा स्थगित

logo
रासस
प्रकाशित २०७६ चैत २५ मंगलबार
exam_bord.jpg

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ र १२ को परीक्षा स्थगन गरेको छ । बोर्डको आज बसेको बैठकले अर्काो सूचना नआएसम्मका लागि परीक्षा स्थगन गर्ने निर्णय गरेको बोर्डका सदस्य–सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । 

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण तथा रोकथामका लागि लकडाउन चलिरहेकाले परीक्षा सार्ने कि नसार्ने भन्ने विषयमा अन्योल भइरहेको बेलामा बोर्डको बैठकले परीक्षा सार्ने निर्णय गरेको हो । यसअघि बोर्डले कक्षा १२ को परीक्षा वैशाख ८ र ११ को परीक्षा वैशाख २१ गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको थियो । 

बोर्डले कक्षा ११ र १२ को परीक्षाका लागि प्रश्नपत्र छापेर परीक्षा सञ्चालनको तयारी अवस्थामा रहे पनि ढुवानी गरेर जिल्ला जिल्ला पुर्‍याउन भने बाँकी थियो । बोर्डले देशभर एक हजार १४७ परीक्षा केन्द्र निर्धारण गरिएको थियो भने परीक्षामा कक्षा ११ र १२ मा गरी कूल नौ लाख ६२ हजार विद्यार्थी सहभागी हुने भएका थिए । 

त्यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसईई) लकडाउन खुलेपछि मात्रै सञ्चालन गर्ने भएकाले विद्यार्थीलाई त्यही अनुसारको तयारी गर्न सरकारले आग्रह गरेको छ । बोर्डले लकडाउन नखुली परीक्षाको मिति नतोकिने भन्दै घर मै बसेर परीक्षाको तयारीमा लाग्न आग्रह गरेको छ ।

 बोर्डका सदस्य–सचिव अर्यालले लकडाउन खुलेपछि पनि विद्यार्थीलाई तयारीका लागि दुई हप्ता दिएर मात्रै परीक्षाको मिति तय गर्ने भएकाले त्यही अनुसारको तयारी गर्न आग्रह गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ