arrow

लकडाउनमा छार्क टार्न १५ किलो चामल, दुई किलो दाल

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
mahagadhimai_napaka_pramukh.jpg

बारा । बाराको महागढीमाई नगरपालिकाले दैनिक ज्यालादारीका मजदुर गरेर जिविकोपार्जन गर्दै आएका अति बिपन्न, बिपन्न घर धुरी लकडाउनको अवधिम चामल, दाल र नुन बाँडने शुरु गरेको छ।

कोरोना भाइरसलाई नियन्त्रण गर्न उदेश्यले जारी लकडाउनका कारण मजदुरी गर्न नपाउँदा छाक टार्नै समस्या हुने घर धुरीलाई  तत्काल प्रतिपरिवार१५ किलो चामल, दुई किलो दाल र एक किलो नुन सोमबारदेखि बाँडने शुरु गरिएको महागढीमाई  नगरपालिकाले जनाएको छ।

दुई हप्तादेखि जारी लकडाउनको कारणले नगरपालिका क्षेत्रमा बसोबार गर्ने गरिब, दलित लगाएतका दैनिक ज्यालादारीका मजदुर गरेर जिविकोपार्जन धेरै स्थानीयहरुलाई अहिले हातमुख जोडने समस्य भएकोले खाद्यान्न समाग्री बितरण गर्न शुरु गरिएिको महागढीमाई  नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवको बताएका छन्।

दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्ने नगर क्षेत्रका स्थानीयहरुको पहिलो प्राथ्मीकता दुई छाक राम्रोसँग खान दिन जरुरी देखेर नै नगर कार्यपालिकाबाट निर्णय गराएर खाद्यान्न समाग्री दिन शुरु गरिएको प्रमुख यादवले बताए। 

खाद्यान्न समाग्री बितरणले ११ वटा वडाहरुमा रहेको लगभग छ हजार घर धुरी परिवालाई राहत पुग्ने दावी नगरप्रमुख यादवले बताए। वाड नम्बर १ बाट खाद्यान्न समाग्री बितरण गर्न शुरु गरिएको पनि सबै वडाहरुमा बितरण गर्ने खाद्यान्न तयारी अवस्थामा राखिएको उनले बताए।

दुई हप्तादेखि काम गर्न नगएको अवस्थामा घरमा भएको सबै खाने कुराहरुको सकिएको अवस्थामा नगरपालिकाले बितरण गरेको खाद्यान्य समाग्रीले धेरै राहत पुगेको बरियापुरका नुरहसन मियाँले बताए।

खाद्यान्न समाग्री बितरण गर्नु पहिला  पनि कोरोना भाइरसबाट नगर क्षेत्रका स्थानीयलाई सुरक्षित राखन नगरप्रमुख यादवले, प्रत्येक वडाका स्थानीय, सामुदायि बिद्यालयका बिद्यार्थीहरुलाई माक्स बितरण गर्नुको साथ साथै थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ