arrow

धनकुटामा अनौठो किसिमको राहत वितरण

logo
प्रकाशित २०७६ चैत २५ मंगलबार
rahat2.JPG

धनकुटा । लकडाउनका कारण  घर जान नपाएका धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत विभिन्न जिल्लाका विद्यार्थीहरुलाई मंगलबार नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले फरक किसिमले धनकुटाका टुडिखेलको प्याराफिटमा दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेको छ ।

एक मटिरको दुरीमा दैनिक उपभोग्य समाग्रीहरुको विभिन्न पोकाहरु धनकुटाको टुडिखेलेमा राखेर विद्यार्थीहरुलाई पनि सुरक्षाकर्मीको सहयोगमा  एक-एक जना प्याराफिटमा प्रवेश गराएर विद्यार्थी आफैले बोरामा लगाएर लैजाने व्यवस्था गरिएको  नेपाल विद्यार्थी संघ धनकुटा बहुमुखी क्याम्पस समितिका  अध्यक्ष करुणा कटुवालले वताईन ।

सो अवसरमा नेपाली कांग्रेस धनकुटाका सचिव तथा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष विजय सन्तोषी राई, नेपाली कांग्रेस धनकुटाका कोषाध्यक्ष तथा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पसका पूर्व अध्यक्ष दिनेश राई, नेपाली कांग्रेस धनकुटाका पूर्व सहसचिव तथा  धनकुटा वहुमुखी क्याम्पसका पूर्व स्ववियू सदस्य राजन पौडेल, नेपाल निर्माण व्यवसायी संघ धनकुटाका उपाध्यक्ष  समाजसेवी प्रकाश राई, नेपाल प्रेस युनियन धनकुटाका निर्वतमान अध्यक्ष यानिन्द्र तिगेला, नेपाल विद्यार्थी संघ क्याम्पस समितिका अध्यक्ष करुणा कटुवाल, सहसचिव सुवास खनाल लगायका विद्यार्थी नेताहरुको विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामाग्री वितरण कार्यक्रममा सहभागीता रहेको थियो  ।

नेपाली कांग्रेस धनकुटाको सहयोगमा नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले घर जान नपाएका विद्यार्थीहरुलाई दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरिएको हो । लकडाउनका कारण घर जान नपाएर धनकुटा बजारमा डेरामानै वस्दै आएका भोजपुर, संखुवासभा, तेह्थुम, पाचथर धनकुटा घर भै धनकुटा वहुमुखी क्याम्पसमा अध्ययनरत ४६ जना विद्यार्थीहरुलाई दैनिक उपभोग्य  सामाग्रीहरु वितरण गरिएको थियो ।

चामल, दाल, तेल, नुन, चिया बत्ती, सावुन, माश्क लगायत दैनिक उपभोग्य सामाग्रीहरु विद्यार्थीहरुलाई प्रदान गर्ने कार्यक्रममा दिने व्यवस्था पनि थिएन, फोटो खिच्ने कार्य पनि नगरिएका आफै विद्यार्थीहरुले सिधै एक एक जना आएर प्याराफिटमा पोका बनाएर राखिएको दैनिक उपभोग्य समाग्रिहरु लाने व्यवस्था गरिएको नेपाल विद्यार्थी संघ धनकुटा वहुमुखी क्याम्पस समितिले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ