arrow

लकडाउनमा शिक्षक संघद्धारा ‘घरघरमा विद्यालय शैक्षिक अभियान’ 

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
teachers-association.jpg

काठमाडौं । नेपाल शिक्षक संघले ‘घरघरमा विद्यालय शैक्षिक अभियान’ संचालन गर्ने भएको छ। संघको चैत २१–२३ गते बसेको अनलाइन संघिय बैठक पश्चात् मंगलबार अध्यक्ष राजेन्द्रराज पौडेल र महासचिव सोमनाथ गिरिले संयुक्तरुपमा हस्ताक्षरित प्रेस विज्ञप्तिमार्फत सो कुराको जानकारी गराइएको हो। 

विश्वभर लकडाउनका कारण घरमै परीक्षा दिइबसेका र परिक्षा दिनुपर्ने विद्यार्थीहरुलाई हालको त्रासपूर्ण वातावरणलाई सरल बनाई बालबालिकाहरुलाई लकडाउन हाम्रै स्वास्थ्यका लागि अपनाइएको सुरक्षित उपाय हो भन्ने बोध गराउँदै विद्यार्थीहरुलाई उचित वातावरण निर्माण गरि अभिभावकहरुको समन्वयमा संचारका साधनमार्फत तत्काल पालिकास्तरसम्म अभियान प्रारम्भ गर्ने संघले जनाएको छ ।

कार्यक्रममा विद्यार्थीहरुलाई दैनिक अनिवार्य समयतालिका निर्माण गर्न लगाई अभिभावकको सहयोगमा विषयगत अध्ययनका अलावा पारिवारिक सहयोग, स्वास्थ्य कार्यक्रम, खेलकुद, कला साहित्य अध्ययन समावेश गर्न सुझाव दिने उल्लेख छ । अभियानमा सम्बन्धित पालिकामा बसोबास रहेका शिक्षक संघका विभिन्न तहका नेतृत्वहरु कृयाशिल रहने छ । 

विज्ञप्तिमा सरकारले गरेको लकडाउनलाई प्रभावकारी रुपमा लागु गराउन संघका सदस्यहरूलाई कृयाशिल रहन अनुरोध गर्ने, स्वास्थ्य सामाग्री खरिदमा भएको भ्रष्टाचारको छानबिन गरि कारबाही गर्नुपर्ने, सेवामा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई आवश्यक पीपीईको उपलब्ध गराउनु पर्ने, कोरोना उपचार र परिक्षणलाई अझ प्रभावकारी बनाउनु पर्ने, लकडाउनको समयमा अन्य रोगका उपचार नियमित गर्नुपर्ने र न्यून आय भएका श्रमिकहरुलाई जीवनयापन गर्न सहज बनाउनु पर्ने मागहरु समेत उल्लेख गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ