arrow

सेक्सी आन्टी देखि हट काकीसम्म बलिउडका 'हिरो'

जब सलमान, शाहरुख, आमिर र अमिताभ महिला बनेर मैदानमा उत्रिए

logo
प्रकाशित २०७६ चैत २६ बुधबार
bollywood-actors.jpg.jpeg

एजेन्सी। बलिउड फिल्मी जगतमा पुरुष कलाकारहरु महिलाको भुमिकामा अभिनय गरेका फिल्म तपाइले हर्नु भएकै होला। त्यस सँगसँगै केही पुरुष कलाकारहरुले त विज्ञापनमा महिलाको भुमिकामा पनि प्रस्तुत भइसकेका छन्। बलिउडमा पृथक र रोचक अभीनय गर्न रुचाउन अमिर खान सधै फरक अनुहार र नयाँ नयाँ प्रयोग गर्न मन पराउने कलाकारमा पर्दछन्।

बलिउड इन्डस्ट्रीमा अमिरले मात्र नभएर कयौ कलाकारले महिला अभिनय गरेर दर्शकहरुको मन लोभ्याउन सफल भएका छन्। आउनुस हेरौ बलिउड पुरुष कलाकारहरुका फिल्मा महिला रुपी भूमिकाहरु।

सलमान खान - २००६ मा फिल्म जानेमनमा दबंग खान एक आकर्षक महिलाको रूपमा देखिएका थिए।  फिल्मले दर्शकहरुको मन जित्न सकेन र फिल्म फ्लप भयो। सल्लूको यो रुपले भने दर्शकलाई आकर्षण गरेको थियो। 

शाहरुख खान- १९९८ मा फिल्म डुप्लिकेटमा शाहरुख महिलाको भुमिकामा देखिएका थिए।चलचित्रले  बक्स अफिसमा  राम्रो गर्न सकेन।

आमिर खान- आमिरलाई महिला लुकमा फिल्म बाजीमा देखिएको थियो। यसका साथै कयौ पटक टीवी विज्ञापनमा आमिर महिलाको भुमिका निर्वाह गरेका छन्। आमिरको  महिला लुकलाई दर्शकले धेरै रुचाए ।

अजय देवगन- डाइरेक्टर रोहित शेट्टीको फिल्म गोलमाल रिट‌र्न्समा अजय देवगन, अरशद वारसी र तुषार कपूर महिला रुपमा धेरै राम्री र स्टाइलिश रोल देखिएका छन्।

रितेश देशमुख- रितेशको फिल्म 'अपना सपना मनी मनी'को गित दिलमा बजी गिटारमा रितेश केटि जस्तै नाचेको देख्न सकिनेछ। रितेशको महिला लुक भएको यो गित धेरै हिट भयो।

गोविन्दा- आन्टी नंबर १ मा गोविन्द सेक्सी आन्टीको लुकमा देखिएका थिए। यो फिल्म धेरै हिट भयो।

कमल हसन- यो हट काकीलाई कस्ले भुल्न सक्छ र। फिल्म चाची ४२० मा कमल हसनको दमदार भुमिकाले फिल्ममा सुपर डुपर हिट भएको थियो। कमल हसन काकीलाई दर्शकले धेरै मन पराए।

अमिताभ बच्चन- अमिताभ बच्चनले फिल्म लावारिसको 'मेरे अंगने में तुम्हारा क्या काम है' मा महिलाको अभिनय गरेका छन्। लावारिस फिल्म को यो गितलाई हिट बनाउन श्रेय अमिताभ बच्चनलाई जान्छ।किनभने उनको महिला भुमीका भएको नृत्यलाई मानिसहरुले धेरै मन पराए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ