arrow

लकडाउन लम्बिएपछि प्रदेश ५ का एक घरधनीले दुई महिनाको घरभाडा नलिने

logo
नारायण वली,
प्रकाशित २०७६ चैत २६ बुधबार
serchan1.jpg

रुपन्देही । विश्वका करिव २ सयभन्दा वढी देशहरुमा अहिले महामारीको वितण्डा मच्चाउँदै आएको कारोना भाइरस (कोभिड–१९) ले धेरै मानिसहरुको ज्यान लिईसकेको छ भने अधिकांश संक्रमित एंव कतिपय प्रभावित वन्न पुगेको यो विषम स्थितीमा संसार नै ठप्प भएको छ । कोरोना भाइरसको महामारीबाट वच्न हरेक देशहरुले लकडाउनको घोषणा गरेका छन् ।

जस अनुसार नेपाल पनि छिमेकी मुलुक भारतमा फैलिएको उक्त कोरोना भाइरसको कारणले केही मानिसको ज्यान भएपछि नेपालले पनि उच्च सर्तकता अपनाउँदै, चैत ११ गते देखि १८ गते सम्म पहिलो चरणको लकडाउन गरेको घोषणा गर्‍यो । तर त्यसको समयावधिमा नेपालमा एक युवतीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको पुष्टि भयो त्यस लगत्तै नेपाल सरकारको एक उच्च स्तरिय कोभिड–१९ रोकथाम तथा नियन्त्रण समितिको वठैक वसेर चैत १८ गते सकिने पहिलो चरणको लकडाउनलाई थप ७ दिन थपेर दोसो चरणको लकडाउनलाई निकै गम्भिरता पुर्वक निर्वाह गर्ने जनायो । तर त्यो दोस्रो चरणको लकडाउन पनि सकियो ।

कोरोना भाइरसको महामारीबाट वच्न सरकारले लकडाउनको विकल्प नरहेको भन्दै वाह्य देशहरुवाट आएका मानिसहरुमा यसको संक्रमण भएका थप भेटिएपछि पुन. तेस्रो पटक लकडाउनलाई निरन्तरता दिएको छ । यस्तै सो महामारीलाई रोकथाम तथा नियन्त्रणका नाममा स्थानिय, प्रदेश र संघिय सरकाले स्थापना गरेका कोषहरुमा अहिले करडौं रुपैयाँ जम्मा हुन पुगेको छ ।

अन्य विकसित मुलुकको उदाहरण दिदैं नेपाल महामारी प्रकोपको रुपमा फैलिएको कोरोना भाइरस विरुद्ध नेपालले धेरै कार्यहरु गरिरहेका वेला यहाँका सवै साना तथा ठुला उद्योग लगायत सम्पुर्ण वन्द हुन पुगेका छन् । आर्थिक क्षेत्रको स्केल तल झर्ने क्रम रोकिएको छैन् जसले गर्दा अव आर्थिक तन्त्रको गति धेरैपछि धकलिने आँकलन गर्न सजिलै सकिन्छ ।

लामो समयको लकडाउनले रोजगारको केन्द्र ठप्प हुँदा यहाँ विपन्न वर्गहरुको मात्रै ढाड सेकेको छैन् । त्यो भन्दा मध्यम तथा केही उच्च वर्गहरुको धेरैमा मारमा परेका छन् । तर सरकारले (कोभिड–१९) को नाममा रकम जम्मा गरेर सरकालाई सहयोग गर्न आग्रह गर्दै आएका वेला सरकार उद्योगीहरुको अवस्थालाई सम्वोधन गर्न चाहेको छनै् ।

यस्तै सरकारले सहयोग रकमको आह्वान गरिरहेका वेला विभिन्न व्यक्ति, संघसंस्था र वित्तिय एंव वैंकहरुले लाखौं रुपैयाँ सहयोग गर्ने क्रममा तर रुपन्देहीका एक समाजसेवी मृगेन्द्र कुमार शेरचनले कोरोना भाइरसले मानव संसाधनको जीवनलाई निकै धिलोधिलो वनाई रहेका वेला समाजसेवी शेरचनले बुटवलको अमरपथ लाईनमा रहेका आफ्ना १६ वटा व्यवसायिक सटर तथा २ वटा गोदामहरुको २ महिनाको घरवहाल नलिने वताएका छन्।

यसअघि पहिलो चरणको लकडाउनका वेला चैत महिनाको घरवहाल छुट गरेका घरधनी शेरचनले कोरोना भाइरसको संक्रमण अवस्था थप देखा परेकाले सरकारले दोस्रो पटक लकडाउनको अवधि वढाएपछि आफुले पनि घरवहाल नलिने पारिवारीक निर्णय पश्चात् मासिक ५ लाख भन्दा वढी घरवहाल नलिने घोषणा गरेको घरधनी शेरचनको भनाई रहेको छ ।

शेरचन भन्छन्– सरकारले सरकारको वार्षिक राजस्वको सवैभन्दा धेरै कर वुझाउने साना तथा ठुला उद्योगहरुको अवस्था र उनीहरुको कर्जाका वारेमा कुनै निति अवलम्वन नगरेको र जसका कारण व्यवसाय पनि ठप्प, उता वैंकको किस्ता एंव व्याज कसरी तिर्ने हो भन्ने चिन्ताले पिरोलिएका व्यवसायीहरु संग घरवहाल माग्नु नहुने भन्दै आफुले २ महिनाको घरवहालमा पुरै छुट दिएको वताउँछन् ।

तिनाउ एफएम एण्ड मिडिया प्राली, रेडियो संगित र अमरयुवा क्लवका अध्यक्ष समेत रहेका शेरचनले चैत २३-२४ गते बुटवल उप–महानगरपालिका वडा नं. १३ र तिलोत्तमा नगरपालिका वडा नं. ४ र १५ मा रहेका अतिविपन्न, दैनिक ज्लालादारीमा काम गरी खाने र अपाङ्ग जस्ता ५० जनालाई केही राहत स्वरुप खाद्यान्न सहयोग गरिसकेको वताईएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ