arrow

डरले थुर थुर कामेको मान्छे, घरकै नजरबन्दीमा फर्कदैछ 

logo
डा. सुरेन्द्र सिटौला,
प्रकाशित २०७६ चैत २६ बुधबार
surendra-sitaula.JPG

हेर त उ ! फर्कदैछ 
युद्ध जित्न हिडेको मान्छे 
बिजयको मलामी भएर फर्कदैछ 
बिजय हत्याउन हिडेको मान्छे 
पराजयको कारण भएर फर्कदैछ ।

ब्रह्माण्ड बिजयको उन्मादमा 
अन्तरीक्ष पुगेको सहासी मान्छे 
शहासको लास बोकेर फर्कदैछ 
बिजयको पाठशाला भित्र 
पराजयको रजाइ देखेर 
मानवसभ्यता आफै सग झर्कदैछ ।

प्यास मेट्न सागर पुगेको मान्छे
तिर्खा बोकेर कुवा तिर फर्कदैछ 
तृष्णाको यान 
बिज्ञानको मरुभूमिमा दुर्घटना हुदा
मृगतृष्णाको लास बोकेर 
मान्छे पुरानो पाठशाला फर्कदैछ ।

बिज्ञानको प्रयोगशाला 
अज्ञानको धुवाँमा निस्सासिदा 
बिरामी बिज्ञान बोकेर 
ज्ञान आफ्नै घर फर्कदैछ 
अस्तित्वले घोषणा गरेको 
नि: शस्त्र युद्धमा 
पराजयको कोसेली बोकेर 
स:शस्त्र मान्छे 
आफ्नै ब्यारेकमा फर्कदैछ ।

अभिमानि मान्छेको नया शहर 
स्वाभिमानी प्रकृतिको पुरानो गाउमा 
शरणार्थी भएर फर्कदैछ 
मानव सभ्यताको नया परिभाषा 
पुरानो सभ्यताको बिरासतमा 
आफ्नो हराएको पहिचान खोज्दै 
अनाथ भएर फर्कदैछ 

आधुनिक कृष्णको बिजयी उन्माद 
महाभारतको कोलाहलमा थाकेर 
सुदामाको घर तिर 
पाहुना भएर फर्कदैछ 
प्राकृतिक वैभवको 
निर्लज्ज डकैतीमा आरोपित मान्छे 
सजायको डरले कतै लुक्न 
नियातीको धर्मशाला तिर फर्कदैछ 

बिडम्वना !
ईश्वरीय फैसलाको आदेश बोकेर 
मृत्यु घरको ढोकामा आउनै लाग्दा 
मान्छे घरभित्रै चुपचाप तर्छदैछ 
उ हेर त ! 
डरले थुर थुर कामेको मान्छे 
डर लुकाउन 
घरकै नजरबन्दीमा फर्कदैछ ।

 अस्तु 
(सिटौला हाल बाग्मती बोडिङ स्कुलका फाउन्डर हुन् )



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ