arrow

लालीगुराँस गोल्डकप : सेमीफाइलनका दुई खेल हुँदै

logo
प्रकाश धौलाकोटी,
प्रकाशित २०७३ वैशाख १५ बुधबार
laliguransh-gold-cup.jpg.jpeg
 
तेह्रथुम। तेह्रथुमको बसन्तपुरमा जारी दोस्रो लालीगुराँस गोल्ड कप फुटबल प्रतियोगिता अन्तर्गत बुधबार सेमीफाइनल चरणका दुई खेल हुदैछन्। आयोजक पाथीभरा युवा सामुदायिक क्लबका अनुसार विहान ११ बजेबाट हुने पहिलो खेलमा जनजागृति युवा क्लब हिले धनकुटा र टिडब्लुवाईसी विराटनगर बीच प्रतिष्पर्धा हुनेछ।
 
यस्तै दोस्रो खेलमा दोर्जे गियर प्रालि काठमाडौँ र सिंहदेवी युवा क्लब सिधुवा धनकुटाबीच खेल हुने आयोजक क्लबका महासचिव विजय सोदेम्बाले जानकारी दिनुभयो। प्रतियोगिताको फाइनल खेल भने शुक्रबार मात्र हुनेछ। यस अघि मंगलबारको खेलमा बेलबारी फुटबल क्लब मोरङलाई ३–० ले पराजित गर्दै सिंहदेवी युवा क्लब, सिधुवा धनकुटा सेमीफाइनलमा उक्लिएको हो।
 
जनजागृति युवा क्लब हिलले संखुवासभा फुटबल संघ र टीडब्लुवाईसी विराटनगरले आयोजक पाथीभरा युवा सामुदायिक क्लबलाई ट्राइबेकरमार्फत हराउँदै सेमीफाइनल यात्रा तय गरेका हुन्। यस्तै म्याङलुङ नगरपालिका, तेह्रथुमलाई २–१ ले पराजित गर्दै दोर्जे गियर प्रालि काठमाडौँ सेमीफाइनलमा उक्लिएको थियो। 
 
बुधबारको पहिलो खेलमा जनजागृत युवा क्लब हिले, विराटनगरको अगाडि कमजोर सावित हुने दर्शकको अपेक्षा छ। तर दोस्रो खेलमा भने तिब्र प्रतिष्पर्धा हुने देखिएको छ। राष्टिय स्तरका प्रतियोगिता खेल्ने मनाङ, थ्रिस्टार, झापा एघार लगायत क्लबका चर्चित खेलाडी सम्मिलित भएकाले यी दुई टिमबीच कडा प्रतिष्पर्धा हुने र यो खेलले दर्शकको ध्यान खिच्ने आयोजक अध्यक्ष मिलन थापाले बताउनुभयो।
 
गुराँसको राजधानी तीनजुरे मिल्के जलजलेसहित यहाँका पर्यटकीय क्षेत्रको प्रवर्धनकालागि आयोजित प्रतियोगितामा काठमाडौँसहित पुर्वान्चलका आठ टिम सहभागी थिए। प्रतियोगिताको विजेताले १५ ग्राम सुनजडित १ सय २० तोला चाँदीको गोल्ड कपसहित नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ र उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ